आफ्नै घरका बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार

डिसी नेपाल
२ असोज २०७६ १५:२८

काठमाडौं। एक महिला आफ्नो घरको बाथरुममा ६ दिनदेखि थुनिएकी थिइन्। उनी बाथरुममा ६ दिनसम्म बन्द भइन्। यो घटनामा २०१३ मा रिलीज भएको हिन्दी फिल्म मर्डरको सम्झना आउँछ। जसमा आफ्नो घरका बाथरुममा अदिति रावहैदरी बन्द हुन्छिन्।

र उनी जब निस्किन्छिन् उनको जीवन नै परिवर्तन भएको हुन्छ। यस्तै घटना फ्रान्सकी ८३ वर्षीया बृद्धामाथि घटेको छ। डिनान नामकी यी बृद्ध महिलालाई ६ दिनपछि बाथरुमबाट उद्धार गरिएको छ। एक मिडिया रिपोर्टका अनुसार यी वृद्ध महिला आफ्नो घरमा एक्लै बस्थिइन्। ६ दिनपछि बाथरुमबाट उद्दार गरिएकी बृद्धि निकै कमजोर भइसकेकी थिइन्।

ती महिलाका भतिजले त्यो ६ दिनमा कयौं पटक वृद्ध महिलासँग सम्पर्क गर्ने कोशिश गरे। तर सम्भव भएन। त्यसपछि उनले प्रहरीमा खबर गरेका थिए। अहिले प्रहरीले महिलाको उद्दार गरेको छ। उद्दार गर्दा महिलाको स्वास्थ्य अवस्था निकै कमजोर थियो। करिव एक हप्तासम्म खाना नपाउँदा उनी निकै कमजोर बनेकी थिइन्।

८३ वर्षीया वृद्धाले ६ दिनसम्म केही पनि नखाइकन बन्द हुँदासमेत आफूलाई जिवित राखेको भन्दै उनको प्रशंसा हुन थालेको छ। अहिले उनको उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *