‘गोर्खे’ गीत : ‘भँगेरी डन’ र एन्जलको सम्बन्धबारे गाउँभरी हल्ला भएपछि…

डिसी नेपाल
३ असोज २०७६ १०:४९

काठमाडौं। चलचित्र ‘गोर्खे’ को प्रमोशनल गीत ‘गाउँ भरी हल्ला भो’ सार्वजनिक गरिएको छ। हरि लम्सालको शब्द/संगीत रहेको गीतमा भुषणा खतिवडाको स्वर छ। शिव बि.क.ले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य पात्रहरु अर्जुन गुरुङ (भँगेरी डन)र एन्जल श्रेष्ठ फिचर्ड छन्। अर्जुन चलचित्र ‘झोले’ मा ‘भँगेरी डन’ को भूमिका निर्वाह गरेपछि चर्चामा आएका कलाकार हुन्। भिडियोमा अर्जुनसंग जोडी बाँधेकी एन्जलको भने ‘गोर्खे’ डेब्यू चलचित्र हो ।

यो गीत रामान्टिक खालको छ। भिडियोमा आफूहरुको सम्बन्धबारे गाउँभरी हल्ला भएपछि अर्जुनले एन्जललाई भाग्न उक्काएका छन्।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्रलाई सन्तोष ढकालले निर्देशन गरेका हुन्।

यसअघि सार्वजनिक गरिएको चलचित्रको एक गित ‘सिन्की अचार’ले राम्रै चर्चा पाएको थियो।

पाल्पा, नवलपरासी, पोखरा र काठमाण्डौ लगायतका स्थानहरुमा छायांकन गरिएको चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, अश्मी लामा, अष्मिता श्रेष्ठ, एन्जेल श्रेष्ठ , बाल्दिप राई लगायतका कलाकारहरुको अभिनय छ।
चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथालाई पर्दामा उठाएको छ।

निरज कंडेल र सौरभ लामाको छायांकन, हिमाल केसीको द्धन्द्ध रहेको चलचिमा सम्पादनको जिम्मा मित्र डि. गुरुङको काँधमा छ। ‘सिन्की अचार’ र ‘गाउँभरी हल्ला भो’ गरि दुई गीत सार्वजनिक गरिसकिएपनि चलचित्रको प्रदर्शन मिति अझै टुंगो लागेको छैन्। सम्भवत यसै वर्षभित्र चलचित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण यूनिट लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *