टोनी कक्करको नेपाल आउने कार्यक्रम पछि सर्यो

डिसी नेपाल
३ असोज २०७६ १०:४४

काठमाडौं। बलिउड गायक टोनी कक्करको नेपाल भ्रमण स्थगित भएको छ । उनले एक भिडियो मार्फत ‘भिजिट नेपाल २०–२०’ चलिरहेका बेला आफू पनि एक कार्यक्रमका लागि नेपाल आउन लागेको बताएका थिए । सीएनआई इभेन्ट्सले आयोजना गर्ने भनिएको उक्त कार्यक्रम एयर इन्डिया फ्लाइट रद्द भएकाले अर्को समयका लागि सारिएको सीएनआईका निर्देशक इरा श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, टोनीको कार्यक्रम केहि समयपछि फेरी हुनेछ, मिती भने तय गरिएको छैन । टोनीले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको थियो । श्रेष्ठले उक्त कार्यक्रमको टिकट कतै बिक्री नगरिएको र यदि बिक्री भइहालेको भएपनि दर्शकलाई आयोजकसँग सम्पर्क राख्न सुझाएका छन् । टोनीका ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत निकै चर्चित छन् । उनी बलिउडकी चर्चित गायिका नेहा कक्कर र सोनी कक्करका भाई समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *