‘कबड्डी कबड्डी कबड्डी’ आजदेखि देशब्यापी प्रदर्शनमा

डिसी नेपाल
३ असोज २०७६ ११:५३

काठमाडौं। यसवर्षको प्रतिक्षितमध्येको एक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजदेखि देशब्यापी प्रदर्शनमा आएको छ।

चलचित्रले सिंगल तथा मल्टिप्लेक्समा आफ्नो बलियो उपस्थिति जनाएको छ। मल्टिप्लेक्समा प्रदर्शनको पहिलो दिन चलचित्रले अहिलेसम्मकै सर्वाधिक शो पाएको छ।

ब्राण्ड नाम, मल्टिस्टार कलाकार, गीतसंगीत र ट्रेलरबाट पाएको सकारात्मक प्रतिक्रियाका कारण चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ। शुक्रबार संविधान दिवसको सार्वजनिक विदा परेको हुनाले पनि चलचित्रको ओपनिङ ब्यापार बम्पर हुने अनुमान छ। चलचित्रको वर्ड अफ माउथ पनि राम्रो भएको खण्डमा चलचित्रले बम्पर ओपनिङ गर्ने पक्का छ।

‘कबड्डी’ र ‘कबड्डी कबड्डी’को सफलतापछि ‘कबड्डी कबड्डी कबड्डी’ ल्याईएको हो। चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

चलचित्रमा चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन बिक्रम राई, बुद्धि तामाङ, विजय वराल, माओत्से गुरुङ्ग लगायतका कलाकारहरुको अभिनय छ।

चलचित्रमा स्वजातिय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्धन्द्धलाई उतारिएको छ।

जेठमा प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’पछि कुनै पनि चलचित्रले गतिलो ब्यापार गर्न नसकिरहेको अवस्थामा ‘कबड्डी कबड्डी कबड्डी’को ब्यापारले चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउने चलचित्रकर्मीको अपेक्षा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *