नबिन बाबु गुरुङको निर्देशनमा आयो मिठो सोल्मारी (भिडियो)

डिसी नेपाल
३ असोज २०७६ १५:५२
28
Shares

काठमाडौं। दशैँ नजिकिंदै गर्दा गायक शेखर लामाको सोल्मारी गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित यस म्युजिक भिडियोलाई नबिन बाबु गुरुङले निर्देशन र छायाँकन गरेका हुन्।

जनक थोकरले लेखेको सोल्मारीलाई धन दोङ्ग तामाङ्गले संगीत गरेका हुन् भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ।

सोल्मरीको मिठो स्वाद अनि मैच्याङ्गको उत्तिकै मिठो माया पिरतीको कथामा आधारित यो म्युजिक भिडियो अत्यन्तै उत्कृष्ठ बनेकोमा आफु एकदमै खुशी रहेको गायक शेखरलामाले बताएका छन्।

आनन्द गुरुङ र हिस्सी साम्तेन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई गायक लामाको आफ्नै सप्तक सङ्गीत नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

गीतको ताल सुरमा आनन्द र हिस्सीलाई नचाउने काम भने नृत्य निर्देशक जस्मिन मगरले गरेकी छिन्। यसै गरि म्युजिक भिडियोलाई बिकाश धमलाले सम्पादन गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *