पाकिस्तान प्रशासित कश्मीर कब्जामा लिने भारतीय सपनामा कति वास्ताविकता छ? – Dcnepal

पाकिस्तान प्रशासित कश्मीर कब्जामा लिने भारतीय सपनामा कति वास्ताविकता छ?

नयाँ दिल्ली (बीबीसी)। संसारको सबैभन्दा ठूलो विवाद मध्ये एक ‘कश्मीर मुद्दा’ पछिल्ला दिनहरुमा झन संकटर्र्फ गइरहेको छ। यसै हप्ताको शुरुआतमा भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तान प्रशासित कश्मीर एक दिन भारतीय भौगोलिकको एक अंग हुने बताएका थिए।

भारत र पाकिस्तान दुबै कश्मीरमा आ आफ्नो दावी गर्छन्। तर, दबैसँग कश्मीरका केही भाग छन्। जसलाई अन्तर्राष्ट्रिय स्तरमा ‘भारत प्रशासित कश्मीर’ र ‘पाकिस्तान प्रशासित कश्मीर’ भनिन्छ।

भारत प्रशासित कश्मीरको क्षेत्रफल करिब १३ हजार वर्ग किलोमीटरभन्दा धेरै छ, जसमा १० जिल्ला छन्। जसंख्या ८० लाखभन्दा धेरै छ । भारतीय विदेशमन्त्री जयशंकरले यो विवादित क्षेत्रबारे भारतको अवस्था दोहोर्याएका हुन् ।

१९९४ मा भारतीय संसदले एक प्रस्ताव पारित गरेको थियो, जसमा ‘पाकिस्तानले भारतीय राज्य जम्मू कश्मीर क्षेत्र खाली गर्नुपर्छ जो उसले अतिक्रमण गरेको छ’ भनिएको थियो।

तर, धेरैजसो मानिसहरु के चिन्ता गर्छन् भने हाल जे भाषणवाजी भइरहेको छ, अवस्था त्यसभन्दा पनि गम्भीर हुन सक्छ जो देखिएको छैन । किनकी अगस्टपछि प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलमा रहेका ती महत्वपूर्ण सदस्यहरु, विदेश, रक्षा र गृहमन्त्रीले पाकिस्तान प्रशासित कश्मीर र अक्साई चीन जम्मू कश्मीरको अंग भएको दोहोर्याएका छन्।

भारतले यत्तिकै भाषण गरेको होइन?

यी तीनै सदस्य रक्षा सम्बन्धि शक्तिशाली क्याविनेट समितिका सदस्य हुन, जसले देशको राष्ट्रिय सुरक्षाबारे अन्तिम निर्णय लिन्छ। साथै भारतले परमाणु हतियारको पहिला प्रयोग नगर्ने नीतिमा समिक्षा गर्न सकिने बताइसकेको छ।

यस्तो अवस्गामा यो प्रश्न उठ्नु स्वभाविकै हो। भारत प्रशासित कश्मीरबाट धारा ३७० हटाइएको धेरैपछि भारतले मात्र यो विषयमा कोरा भाषण दिएको हो भन्नेमा विश्वास छैन। जबकी आगामी हप्ता सँयुक्त राष्ट्र संघमा भारत र पाकिस्तान यो मामिलामा आमने–सामने हुने सम्भावना छ। अथवा भारत वास्तावमै पाकिस्तान प्रशासित कश्मीरलाई आफ्नो कब्जामा लिन गम्भीर बनिरहेको छ?

अमेरिकास्थित पाकिस्तानका पूर्व राजदूत हुसैन हक्कानी भन्छन्, ‘भारत र पाकिस्तानका नेताहरु त्यो कुरा गर्छन् जसको अर्थ राजनीतिक लाभ प्राप्त गर्नु हुँदैन।’ उनका अनुसार ‘यसको धेरै सम्भावना के छ भने भारतीय नेताहरु यस्तो भाषण किन दिइरहेका छन् भने पाकिस्तानले जम्मू कश्मीरमा मानवअधिकारको खराब अवस्था पटक पटक उठाएपछि त्यसको प्रतिरक्षा गर्न सकियोस् र नयाँ मुद्दा उठाउन सकियोस्।’

तर, सबैले यस्तो सोच्दैनन्। धेरै मानिसहरु मोदीले पाकिस्तानबारे एक बलियो नीतिको पालाना गरिरहेको मान्छन् ।

दुई पटक ‘सर्जिकल स्ट्राइक’

भारत प्रशासित कश्मीरको पुलवामामा यसै वर्ष फेब्रुअरीमा भएको चरमपन्थी आक्रमणपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाएको थियो । र यसको जवाफमा केही दिनपछि भारतले पाकिस्तान भित्र बालाकोटमा हवाई आक्रमण गरेको थियो । पुलवामा आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । पहिलो पटक नियन्त्रण रेखाभन्दा पर पाकिस्तानी सीमा भित्र गरिएको पहिलो हवाई कारबाही थियो ।

दुई देशबीच १९७१ मा भएको युद्धपछि नियन्त्रण रेखालाई नै भारत र पाकिस्तानबीचको वास्ताविक सीमा मानिन्छ।

यसअघि सेप्टेम्बर २०१६ मा मोदी चर्चामा आएका थिए। उनले यसै सीमामा रहेको चरमपन्थीहरुमाथि ‘सर्जिकल स्ट्राइक’ गर्न आदेश दिएको बताइएको थियो । भारतले आफ्नो सैन्य अखडामा भएको आक्रमणको जवाफ भएको बताएको थियो।

त्यतिबेला १८ जना भारतीय सैनिकको मृत्यु भएको थियो।

‘द हिन्दू’ पत्रिकाकी कूटनीतिज्ञ सम्पादक सुहासिनी हैदर भन्छिन्, ‘भारतले जसलाई ‘पाकिस्तान प्रशासित कश्मीर’ भन्छ, त्यसबारे भारतका तर्फबाट आएका भनाईहरुले ती मानिसहरुले गम्भीरताका साथ लिनुपर्छ जो उपमहाद्विपमा बढ्दो विवादको अध्ययन गरिरहेका छन्।’

दुई परमाणु हतियार सम्पन्न प्रतिद्वन्द्वी पहिला पनि कश्मीरलाई लिएर दुई युद्ध र एक सीमित संघर्ष गरिसकेका छन्।

सीमामा झडपहरुमा वृद्धि

ब्रूकिंग्स इन्स्टिट्यूशनका स्टीफन कोहन भन्छन्, ‘दुबै देशहरुसँग २५०भन्दा धेरै परमाणु हतियार छन्। यसैकारण दुबैका बीच भित्रभित्रै संघर्ष भइरहेको छ। र दुबै एक अर्काको सहनशक्तिको परीक्षा लिइरहेका छन्।’

तर यो वर्ष सीमामा झडप निकै बढेका छन्। २००३ मा भएको युद्ध विराममाथि हालका दिनहरुमा निकै दबाब बढेको छ। भारतीय गृहमन्त्रालयले यो वर्ष पाकिस्तानले नियन्त्रण रेखामा २ हजारभन्दा धेरै पटक विना उस्काहट युद्ध विराम गरेको र यसमा २१ जना भारतीयको मृत्यु भएको दावी गरेको छ।
उता पाकिस्तानले यो वर्ष भारतीय गोलीबारीमा ४५ जनाको मृत्यु भएको र त्यसमध्ये १४ जना सैनिक रहेको बताएको छ ।

भारतले सैन्य विकल्प अपनाउला?

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा कूटनीति र डिसार्ममेन्टका प्रध्यापक हैपीमन जेकब भन्छन्, ‘सीमामा युद्ध विराम उल्लंघ, राजनीतिक भाषण, सैन्य प्रदर्शन र कूटनीतिक गतिरोधलाई बढाउन सक्छ, जसले युद्ध विराम उल्लंघन अझ बढ्न सक्छ। र यो विषय अझ चर्चित हुनसक्छ।

तर। यदि पाकिस्तान प्रशासित कश्मीरमा नियन्त्रण गर्नु छ भने भारतले सैन्य विकल्प अपनाउनु नै पर्छ। नत्र पाकिस्तानले यत्तिकै त छोड्दैन। र कुनै बाहिरी दबाब पनि छैन। जो निकै सानो छ।’

‘कश्मीरः द अनरिटन हिस्ट्री’ किताबका लेखेक क्रिस्टोफेर स्नेडले भने, ‘भारतको यस्तो विचार अति महत्वाकांक्षी र दीर्घकालिक हुनेछ।’
यस प्रकारले महत्वाकांक्षले युद्धतर्फ धकेल्ने छ। र पाकिस्तानलाई पनि उस्काउनुपर्ने छ, जसको कारण पहिलो आक्रमण उसले गरोस अनि भारतले जवाफी कारबाही गरोस र आफुले ठिक गरेको दावी गरोस।

त के यी दुई परमाणु हतियार सम्पन्न छिमेकीका बीच चिन्ताजनक वाकयुद्ध बाहेक अरु केही होइन? दिल्लीस्थित रणनीतिक मामिलाका जानकार अजय शुक्लाले पाकिस्तान प्रशासितबारे भारतका तीन रणनीति छन्।

उनी भन्छन्, ‘पहिलो – कश्मीर उपत्यकाको डरलाग्दो वास्ताविकताबाट ध्यान मोड्नु जो एक महिनाभन्दा धेरै समयदेखि लकडाउन छ। दोस्रो – कश्मीरबारे अन्तर्राष्ट्रिय दृष्टिमा परिवर्तन गराउँदै पाकिस्तानलाई असन्तुलित गराउनु । तेस्रो – भारतीय कश्मीरीको मनामा आशा मार्ने र यो सन्देश दिनेकी भारत विरुद्ध प्रतिरोध गरेर केही हुनेवाला छैन।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो