भवनको भित्तो मात्रै भएको छ चलचित्र विकास बोर्ड : दीपकराज गिरी

डिसी नेपाल
३ असोज २०७६ १९:०६

काठमाडौं। अभिनेता तथा निर्माता दीपकराज गिरी चलचित्र क्षेत्रका विकृती र विसंगतीका बारेमा खुलेरै आवाज उठाउँछन्। उनी बेला बेला चलचित्र क्षेत्रमा रहेको विकृतीलाई लिएर आक्रोष पोख्छन्।

उनले शुक्रबार काठमाडौंमा गरिएको ‘छ माया छपक्कै’को ट्रेलर रिलिज कार्यक्रममा यस्तै आक्रोष पोखे। दीपकले चलचित्र विकास बोर्ड अहिले एउटा भवनको भित्तो मात्रै भएको बताएका छन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई कतिपय साथिहरुले कति फेसबुकको भित्तामा मात्रै गुनासो पोख्छस्, चलचित्र विकास बोर्ड छ, त्यहाँ गएर गुनासो गर भने। तर त्यहाँ गएर मैले के भित्तासँग गुनासो पोख्ने ? अध्यक्षलाई त कति पटक भनिसके तर समस्या सामाधान नै हुँदैन।’

त्यस्तै उनले चलचित्र बनाउन भन्दा हलसम्म ल्याउन समस्या भएको बताए। उनले भने ‘श्राद्ध गर्नुभन्दा पिण्ड बटार्न गाह्रो।’ भन्ने भनाइजस्तै भएको छ चलचित्र क्षेत्र। चलचित्र बनाउनु भन्दा चलचित्र हलसम्म ल्याउन निकै समस्या छ।’

चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ। दीपकले यसपाली सधैं हामीलाई नै दशैं किन चाहियो भनेर आलोचना गर्नेहरुको लागि दशैं छोडेको बताए।

चलचित्र ‘रातो टिका निधारमा’सँग डराएर चलचित्रको मिती सारिएको हो भन्ने पत्रकारको प्रश्नमा दीपकले भने, ‘छोरालाई बोकेर आएका आमा–बुबासँग डेटका लागि झगडा गर्नु हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *