राष्ट्रपति भण्डारीले देउवाले बोलेको बुझिनन् की, बुझ्न खोजिनन्?

डिसी नेपाल
३ असोज २०७६ १९:४२
4
Shares

काठमाडौं। शुक्रबार देशभर चौथो संविधान दिवस मनाउनेक्रम जारी छ। राजधानी काठमाडौंलगायत देशभर संविधान दिवसका अवसरमा कार्यक्रमहरु गरिएका छन्।

शुक्रबार राजधानीस्थित राष्ट्रिय सभागृहमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले ‘गणेशमान सिंह जन आन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रम’ आयोजना गर्‍यो। कार्यक्रमको प्रमुख अतिथि थिइन् राष्ट्रपति विद्यादेवी भण्डारी। भण्डारीले बोल्नु अघि काँग्रेस सभापति शेरबहादुर देउवाले बोले।

देउवापछि बोलेकी राष्ट्रपति भण्डारीले भनिन्, ‘सुझावका रुपमा कुरा राख्छु। यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ। नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो, ताली बज्यो। राम्रो बोल्नुभयो जस्तो लाग्यो। तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन। कान सुनिएन। अब मिडियाबाट थाह पाइएला।’

तत्कालीन एमालेको उपाध्यक्ष रहिसकेकी राष्ट्रपति भण्डारीलाई सायद देउवाले सरकारको आलोचना गरेको मन परेन। त्यसैले उनले ‘नबुझेको’ टिप्पणी गरिन्। हुन त शेरबहादुर देउवाले स्पष्ट बोल्न सक्दैनन्। तर, राष्ट्रपति जस्तो गरिमामय पदबाट देउवाको शारीरिक दुर्वलताबारे टिप्पणी भएपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *