यसकारण सोनाक्षी सिन्हाको खिल्ली उडाइँदैछ

डिसी नेपाल
४ असोज २०७६ १३:१०

मुम्बइ। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको अहिले ट्रोल बनाइएको छ। उनलाई ‘कसको लागि हनुमानले संजीवनी बुटि लिएर आउँदै थिए?’ भन्ने प्रश्नको जवाफ थाहा नभएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाउन थालिएको छ।

‘कौन बनेका करोडपति’ को ११ औँ संस्करणको २५ औँ भागमा राजस्थानकी उद्यमी रुमा देवी ‘कर्मवीर प्रतिभागी’ को रुपमा यो कार्यक्रममा सहभागी थिइन्। यो कार्यक्रममा बलिउडकी अभिनेत्री सोनाक्षी पनि खास पाहुनको प्यानलमा सहभागी थिइन्। उनी रुमा देवीलाई साथ दिइरहेकी थिइन्, यस्तै आएको एक प्रश्नको जवाफ रुमालाई नआएपछि उनले लाइफलाइन रोज्नु परेको थियो।

प्रश्न थियो, रामायणको अनुसार हनुमान कसको लागि संजिवनी बुटि लिएर आएका थिए ? जवाफको विकल्पमा थियो, सुग्रीव, लक्ष्मण, सीता र राम। सोनाक्षीले यसको जवाफ थाहा थिएन, त्यसैले उनले एक्सपर्ट लाइफलाइन प्रयोग गरिन् र जवाफ पाइन्।

कार्यक्रमको एपिसोड सक्किने बित्तिकै सोनाक्षीको बारेमा ट्वीटरमा मजाक हुन सुरु भयो। कोही भने सोनाक्षीको बचाउ गर्दैछन्। भारतको ट्वीटरमा ‘ह्याशट्याग सोनाक्षीसिन्हा’ सबैभन्दा माथि आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *