विष्णु भट्टको आधुनिक देउडा गीत ‘झुम्की ओए झुम्की, म तम्रै हुम् की’ सार्वजनिक (भिडियो सहित)

डिसी नेपाल
४ असोज २०७६ २२:०४

काठमाडौं । गायक विष्णु भट्टको आधुनिक देउडा गीत ‘झुम्की ओए झुम्की, म तम्रै हुम् की’ सार्वजनिक भएको छ।

युट्युव मार्फत सार्वजनिक भएको ‘झुम्की ओए झुम्की, म तम्रै हुम् की’ बोलको आधुनिक देउडा गीतमा गायक विष्णु भट्टको स्वर रहेको छ भने गीतको शब्द सिर्जना उमेश कठायतको रहेको छ।

विष्णु भट्टको संगीत रहेको उक्त आधुनिक देउडा गीतको एरेन्ज कमल शौरागको रहेको छ भने गीतमा मिक्सिङ्ग श्यामस्वेत रसाईलीको रहेको छ।

प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको ‘झुम्की ओए झुम्की, म तम्रै हुम् की’ बोलको आधुनिक देउडा गीत अनिल अधिकारीले रेकर्ड गरेका हुन् भने भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन्।

सृष्टि खड्का, सुरज मल्ल र कैलाश खड्काको उत्कृष्ठ अभिनय रहेको उक्त गीत भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।

(भिडियोसहित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *