अब कुकुरमात्र रुञ्छन् आदिमानवको यो गाउँमा

डिसी नेपाल
५ असोज २०७६ १९:२४

नयाँ दिल्ली (बीबीसी)। भारतको मध्यप्रदेशको चिखलदाको वर्तमान कथा हाल सरदार सरोवरको बाँधमा डुबेर समाप्त भएको होस, तर हजारौं वर्ष पहिला यहाँ बस्ने आदिमानवको इतिहास अझै जीवित छ।

त्यसो त नर्मदा नदीमा बनेको बाँधमा १३८ मीटरसम्म पानी भरिएपछि मध्यप्रदेशका १७८ गाउँ पानीमा डुबेका छन्। तर, ३ सेप्टेम्बरको राती जब धार जिल्लास्थित खिलदा गाउँमा पानी भरिन थाल्यो, एक गाउँमात्र होइन, केही यस्ता ऐतिहासिक धर्ती पनि डुब्न थाले जहाँ हजारौं वर्ष पहिला ताम्रपाषण युगमा हाम्रा पूर्वजले खेती किसानीका साथै सामाजिकताको कखरा पनि सिकेका थिए।

चिखलदाको यो कथा शुरु हुन्छ मध्यप्रदेशलाई गुजरातसँग जोड्ने राज्यको राजमार्ग नम्बर २६ बाट। धार जिल्लास्थित यो गाउँका अगाडिबाट जाने यो राजमार्ग पूर्णरुपमा पानीमा डुबेको छ। साथै ३५०० मानिस रहेको चिखलदा गाउँले पानी जलसमाधि लिइसकेको छ।

गाउँका मछुमारा एक नाउ लिएर आउँछन्। नाउमा बसेर गाउँमा जाँदा पानीमा डुबेका घरका छतहरुमा फसकेका गाउँका कुकुर रोयएको आवाज सुनिन्छ। गाउँको गल्लीहरुमा भरिएको पानी दिउँसोको धुपमा तातिएर बाफ बनिरहेको छ।

सोही समयमा एक डराएकी गाई नाउतर्फ आएको देखिन्छ। गाई पानीमा डुबिसेकी हुन्छ। तर मुस्किलले टाउको पानीभन्दा माथि बनाएर बाटो खोज्ने प्रयास गरिरहेकी हुन्छे। धेरै बोलाउँदा पनि जब गाई डरराएर गाउँतर्फ मोडिन्छे, नाउमा बसेका ग्रामीण भन्छन् ‘अब गाई बाँच्दैन होला, उता त झन पानी छ।’

चिखलदाको पुरातात्विक महत्व

२०१७ मा आर्कियोलोजिक सर्वे अफ इण्डियाबको ज्वाइन्ट डाइरेक्टर जनरलको पदबाट रिटायर भएका र ९० को दशकमा लामो समय चिखलदामा काम गरेका पुरातत्वका विशेषज्ञ डाक्टर एसबी ओटा चिखलदा डुब्नु भारतीय विरासतको हानी भएको बताउँछन्।

नर्मदा उपत्यकाको यो सानो गाउँमा आदिमानवसँग सम्बन्धित पुरातात्विक प्रमाणहरुको बारेमा भन्दै उनले भने, ‘चिखलदाको पुरातात्विक महत्वले दुई कुरा स्थापित हुन्छन्। पहिलो कुरा यहाँ हामीलाई ड्भेलिंग पिट्स फेला परेका छन्, जो ४ देखि ५ हजार वर्ष पुराना हुन्।

यी पिट ड्भेलेर्स वा गुफा मानवहरुको एक वस्ती थियो। ताम्र–पाषण युगको यो गुफा मानव जमीन भित्र खाडल बनाएर त्यसमा बस्थे र बाहिर जमीनमा खेति पनि गर्थे। यस किसिमले यो क्षेत्र ती क्षेत्रहरु मध्य एक हो जहाँ पाषण युगका मानिस सबैभन्दा पहिला एकसाथ बस्थे र खेती गरेको प्रमाण भेटिएको छ।’
बाँधको पानीले डुबिसकेको चिखलदालाई पुरातात्विक विरासतको नोक्सान भन्दै डाक्टर ओटा थप्छन्, ‘एक पटक यस्ता पुरातात्विक साइट समाप्त भएपछि यस्ता जानकारीका स्रोत सँधैका लागि बन्द हुन्छन्। र नर्मदा उपत्यकामा त आर्किआलोजीका हिसाबले यति पोटेन्शियल थियो की राम्रोसँग अध्ययन गर्न कम्तिमा १०० आर्कियोलोजिष्टको टिमले बीस बीस वर्षसम्म काम गर्नुपथ्र्यो।’

अतितसँगै डुब्दै वर्तमान

अतितका यी अवशेषहरुका साथै चिखलदामा बस्ने ३ हजार मानिसहरुको जीवन पनि डुबे जस्तै छ। नाउबाट त्यहाँ घुम्दा केही टाढा पर इमलीका झाडी पानीमाथि तैरी रहेका थिए। सोही समयमा नाउमा बसेका चिखलदा निवासी राजु भन्छन्, ‘अहिले जहाँ हामी पानीमाथि छौं। यसको ठिक तल मेरो डुबेको घर छ। गाउँको यो भागमा कुनै बेला ४०–४५ मछुमाराको वस्ती हुन्थ्यो। सबै घरहरु आजभोली पानी भित्र छन्। हाम्रो घर जस्तो भए पनि हाम्रो आफ्नो थियो। माछा माथ्र्यौैं र त्यसैले घर चलाउँथयौं। तर अब हामी जब पानीमा जाल फाल्छौं, त्यो भाँचिएका रुख र दाउरामा फसेर च्यातिन्छ। मुआब्जाको नाममा सरकारले दिएको रुपैयाँले त ४० बोरा सिमेन्ट पनि आउँदैन।’

जीवनका ५१ वर्ष यो गाउँमा आफ्नो पुस्तैनी घरमा बिताउने स्थानीय किसान गुड्डु आजभोली ४ कोठा भएको आफ्नो घर डुबेपछि भाडाको कोठामा बस्छन्। नाउँदेखि आफ्नो घर अगाडि जाँदा गुड्डु डाको छोडेर रुन्छन्।

‘यहीँ यसै घरमा बस्थ्यौं। जन्म पनि यहीँ भएको हो। खेलकुद सबै यहीँ। आफ्नो घरको ढोकामा कुर्सी राखेर म बेलुका बस्थेँ। आज यो ढोका पनि डुबिसेको छ। सरकारलाई के भनु, यतिमात्र भन्छु, जो उचित मुआब्जा हुन्छ त्यो दिओस्। घर पनि मेरो डुबिसक्यो, बाह्री त एक टापु बनेको छ। तर न मलाई खेतीको जमीनको मुआब्जा दिइएको छ न डुबेको घरको।’

केरा किसानमाथि संकट

खेती र पुरातत्वका साथै चिखलदा केरा र मेवा जस्ता फलफुलका लागि चर्चित थियो। तर, बाँधबाट आएको डुबानले गाउँका ठूला केरा किसानको हिम्मत पनि तोडिदिएको छ।

गाउँका सबैभन्दा ठूला केरा किसान मध्ये एक सक्कू दरबारको एक करोडको खेती बाँधको पानीमा डुबेर नस्ट भएको छ। केरा राख्नका लागि ३५ लाख रुपैयाँमा बनाइएको कोल्ड स्टोरमा बसेका सक्कू भन्छन्, ‘चिखलदामा जो केरा उत्पादन हुन्थ्यो, त्यो दिल्लीदेखि इरान र दुबईसम्म जान्थ्यो। यो पटक मैले ३० हजार केराका विरुवा लगाएको थिएँ। बजारमा ३०० रुपैयाँ बिरुवा विक्री हुन्छ। यस किसिमले डुबान हुँदा मेरो एक करोड डुबेको छ। अब त यहाँको केरा खेती पनि बन्द होला जस्तो छ, साथै पानी र विजुली पनि। हाम्रो १९ एकडको जमीन छ। जसको मुआब्जामा सरकारले ६० लाख दिएको छ। यसैले हामीले मुआब्जा लिएनौं। जब जमीनको बजार मुल्य ३ करोड छ भने ६० लाखमात्र कसरी लिन सक्छु?’

सरकारको दाबी
मध्यप्रदेश सरकारका मुख्यमन्त्री कमलनाथले न जवाफदेहिताको जिम्मेवारी गुजरात सरकारमाथि लगाउँदै एक वक्तव्यमा पुनर्वासको काम पूरा नहुँदा उनको आफ्नो सरकारले यो वर्ष डुबानको विरोध गरेको बताएका थिए।उा राज्य सरकारमा नर्मदा भ्याली डेभलोपमेन्ट अथोरेटीका प्रभारी क्याबिनेट मन्त्री सुरेन्द्र सिंह बघेलले प्रभावित क्षेत्रको अवलोकन गरेर फेरि सर्वे गराउने भन्दै उचित मुआब्जा दिने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *