कश्मीर : विद्यालय बन्द छन्, तर कहाँ पढिरहेका छन् विद्यार्थी?

डिसी नेपाल
६ असोज २०७६ २१:४०

नयाँ दिल्ली (बीबीसी) । भारत प्रशासित कश्मीरमा दैनिक सयौं बच्चाहरु एक ट्यूशन सेन्टरमा आउँछन् र पढ्छन्। यो ट्यूशन सेन्टर केही स्थानीय युवाहरुले खोलेका हुन् र उनीहरु स्वेच्छाले त्यहाँ पढाउँछन्।

१० कक्षाका विद्यार्थी अन्जार हुसैन केही समयदेखि यो ट्यूशन सेन्टरमा पढ्न आइरहेका छन्। उनको भनाई छ, ‘पाँच अगस्टमा जे भयो, हामीलाई थाहा थिएन अगाडि के गर्ने? सम्पर्क गर्ने सबै तरिका बन्द गरिएका थिए । सुरक्षाकर्मीहरुको संख्या बढाइएको थियो। हामी बाहिर जान सक्थेनौं। हरेक शुक्रबार ढुंगामुढा हुन्थ्यो। यसैक्रममा हाम्रा सरले यो ट्यूशन सेन्टरबारे जानकारी दिए। ट्यूशन सेन्टर मुख्य शहरदेखि केही टाढा छ। हामीलाई यहाँ आउनु सुरक्षित लाग्यो।’

‘जबदेखि मैले यहाँ पढ्न शुरु गरे त्योबलादेखि म भित्र निकै परिवर्तन आएको छ। यस ट्यूशनभन्दा पहिला म घरैमा बस्थेँ र निराश थिएँ। मलाई लाग्थ्यो, म एक बोझ बनिरहेको छ। हामी यहाँ आफ्नो सेलेबल्स सक्न आउँछौं।’, अन्जर हुसेन भन्छन्, ‘म जस्तै अरु विद्यार्थीहरुमाथि पनि निकै दबाब छ। यदि म यो ट्यूशन सेन्टरमा आउँथेन भने मेरो सेलेबल्स सकिँदैनथ्यो। यसका लागि म इरफान सरलाई धन्यावाद दिन चाहन्छु।’

भविष्यमाथि प्रभाव
अन्जरले उनका शिक्षक इरफान अहमद सोही शहरमा बस्नछन् र उनले घर घर पुगेर यो ट्यूशन सेन्टरबारे जानकाी दिएको बताए। अन्जर भन्छन्, ‘कश्मीरमा जे भइरहेको छ, त्यसले हाम्रो भविष्यमा सिधा असर पर्छ। यदि हडतालको सिलसिला बन्द भएन भने हामीले परीक्षा कसरी दिने। यदि परीक्ष दिन पाएनौं भने हाम्रो विद्यालयको एक वर्ष खतम हुने छ।’

पाँच अगस्ट २०१९ मा भारत सरकारले जम्मू र कश्मीरदेखि धारा ३७० हटाएपछि यो क्षेत्रमा तनावको माहोल छ। धारा ३७० ले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिन्थ्यो। त्यो बेलादेखि कश्मीरमा सञ्चार सुविधा बन्द छ। कफर््यू लगाइएको छ। स्कूल र कलेज र पसलहरु बन्द छन्।

डर थियो, तरपनि शुरु गरे

ट्यूशन सेन्टरको शुरुआत गर्ने ३६ वर्षीय इरफान अहमदले यो शुरु गर्नु सजिलो नरहेको बताए। उनले भने, ‘मैले र मेरा केही साथीहरुले सोच्यौं यो शहरमा बच्चाहरु पढ्न पाइरहेका छैनन् र घरमा बसिरहेका छन्। के हामीले पढाउन सक्दैनौं भनेर सोच्यौं।’

‘हामीलाई लाग्यो। कश्मीरको वर्तमान अवस्थामा ट्यूशन सेन्टर शुरु गर्दा केही समस्या पनि हुन सक्छ। तर, अन्तमा हामीले ट्यूशन पढाउने निर्णय गरेयौं। हामीले सोच्यौं यदि हामीले यिनीहरुलाई पढाएनौं भने यिनीहरु खाली बस्दा नराम्रो असर हुन सक्छ। र यसले आउने पीढिहरु पनि प्रभावित हुनसक्छन् भन्ने लाग्यो ।’

उनले भने, ‘शुरुआतमा केही बच्चाहरु मेरो घरमा आउँथे। तर जब बच्चााहरुको संख्या बढ्यो मैले सहकर्मीहरुको सहयोगमा अर्को स्थानमा ट्यूशन सेन्टर स्थापना गरेँ। बच्चाका आमाबाबुसहित सबै मानिसहरु हाम्रो प्रयासको समर्थन गर्छन्। हामी यसका लागि केही रुपैयाँ लिँदैनौं। मलाई खुशी छ, जे मैले गरेको थिएँ, त्यसको नतिजा आउन थालेको छ।’

डर लागेन भन्ने प्रश्नमा उनले भने, ‘केही दिनपछि प्रतिबन्ध कम भएपछि आवतजावत हुन थाल्यो, अनि मैले बचाहरुको घरमा गएर ट्यूशन सेन्टरमा आउन भने। तर वर्तमान अवस्था हेर्दा घरमा निस्कँदा आगामी १० मिनेटमा के हुन्छ? भन्ने डर लाग्छ। सँधै जोखिम भने छ।’

किन गएनन् विद्यालय

सोही ट्यूशन सेन्टरमा पढ्ने १० कक्षाकी अर्की छात्रा रिबा तारिक ती दिनहरुबारे भन्छिन्, ‘म ति दिनहरुमा घरमै बसिररहेकी थिएँ।’ उनले ट्यूशन सेन्टरमा आएपछि भएको परिवर्तनबारे बताइन्। उनी भन्छिन्, ‘हामी घरमा हैरान भइरहेका थियौं। जब यहाँ आएयौं राहत महसुस भयो। यहाँ साथीहरुसँग भेट भएपछि ५ अगस्टपछिको अनुभवबारे कुरा गर्न पायौं।’

‘सबैभन्दा पहिला त हामीले ५ अगस्टको दिनको कुरा एक अर्कासँग गरेयौं। आगमी दिनमा के हुन्छ भन्ने लागिरहेको थियो। माहीले हरेक दिन भविष्यबारे कुरा गर्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *