इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० जनाको मृत्यु, दर्जनौँ घाइते

डिसी नेपाल
७ असोज २०७६ ६:१३

जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन्।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो। “मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ,” पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना आफूले पाएको दारियन्तोले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *