अमिताभ बच्चनले दादासाहेब फाल्के अवार्ड पाउँदा के लेखे रजनीकान्तले ?
मुम्बई । भारत सरकारले अभिनेता अमिताभ बच्चनलाई दादासाहेब फाल्के अवार्ड दिने भएको छ । अवार्ड घोषणा भए लगत्तै विभिन्न कलाकारले अभिनेता वच्चनलाई शुभकामना दिएका छन् ।
सुपरस्टार रजनीकान्तले ट्वीट गर्दै भनेका छन् ‘बधाई अमिताभ बच्चन जी । तपाई यो सम्मानको प्रबल दाबेदार हो ।’ अभिनेता अनिल कपुरले लेखेका छन् ‘अमिताभ बच्चनले हर भुमिकाको साथ सिनेमाको पूर्नपरिभाषा गर्नु भएको छ । उहाँको अनगिन्ती योगदानका लागि उहाँ नै यो अवार्डको दाबेदार हुनुहुन्थ्यो ।’
निर्देशक करण जौहरले भारतीय सिनेमाको सबै भन्दा प्रेरक दिग्गज भन्दै आफु अमिताभ बच्चनको युगको भएको भन्दै सम्मानित महसुस् गरेको टिप्पणी गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment