एसिड आक्रमणकी पीडित मुस्कानलाई अभिनेता वरुण धवनले पठाए भिडियो सन्देश (भिडियोसहित)
काठमाडौं। एक किशोरी ‘मुस्कान’ हालै एसिड आक्रमणमा परिन्। उनको अस्पतालमा उपचार भइरहेको छ। उनी विस्तारै स्वस्थ बन्दै गइरहेकी छन्। यहीबीचमा उनका मन पर्ने बलिउड अभिनेता वरुण धवनले एक भिडियो सन्देश पठाएका छन्।
सन्देशमा धवनले मुस्कानको हौसला बढाउँदै छिटै आफुले भेट्नेसमेत बताएका छन्। उनले छिटै सञ्चो हुन भन्दै पढेर आमाबाबुलाई गर्व गर्न लायक बन्नसमेत भनेका छन्। धवनले अभिनेत्री कृति सेननले यो घटनाबारे जानकारी दिएकोसमेत बताएका छन्।

वरुणले ट्वीटरमा समेत मुस्कालाई हौसला दिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment