सिंगापुरमा यसरी गर्दैछ नेपाली क्रिकेट टिम अभ्यास (फोटोफिचर)
काठमाडौं। सिंगापुरमा त्रिकोणात्मक टी ट्वान्टी श्रृंखला खेल्न नेपाली टिम यतिबेला सिंगापुरमा छ। सिंगापुर र जिम्बाबे तथा नेपालबीच हुने श्रृंखलापछि नेपाल ओमानमा हुने ५ टिम सहभागी श्रृंखला खेल्न ओमान पुग्ने छ।
आईसीसी वरियतामा एसोसिएट्स मध्ये सबैभन्दा राम्रो स्थानमा रहेको नेपाल टि ट्वान्टी विश्व कपमा छनोट हुन नसके पनि यो प्रतियोगिता नेपालका लागि साख बढाउन र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन उपयोगी सावित हुनेछ। टिमका वरिष्ठ सदस्यहरुलाई आराम दिएर नयाँ खेलाडीलाई मौका दिएको नेपालले यो प्रतियोगिताबाट बेन्चस्ट्रेन्थ बढाउने मौका पनि पाएको छ।
साथै टिमको उपकप्तानको जिम्मेवारी पहिलो पटक दिपेन्द्रसिंह ऐरीले पाएका छन्। उनलाई पारस खड्कापछिको भावी कप्तानका रुपमा पनि ग्रुमिंग गरिएको संकेत देखिएको छ। यसैले यो प्रतियोगिताबाट उनले पनि केही नेतृत्वको अनुभव संगाल्न पाउने छन्।
नेपाली टिमले बिहीबार सिंगापुरमा दिनभर अभ्यास गरेको छ। प्रमुख प्रशिक्षक उमेस पटुवालले नेपाली खेलाडीलाई क्रिकेटिंगका विषयमा अभ्यास गराएका छन्।

सबै तस्वीर : रमन सिवाकोटी/टिम व्यवस्थापक
No ads found for this position

डिसी नेपाल
Facebook Comment