तस्वीरमा नेपाल र जिम्बाबेबीचको रोमाञ्चक खेल (फोटोफिचर)

डिसी नेपाल
१० असोज २०७६ २२:०४

काठमाडौं। शुक्रबार सिंगापुरको इण्डियन एसोसिएसन क्रिकेट मैदानमा भएको नेपाल र जिम्बाबेबीचको खेलमा नेपाल पाँच विकेटले पराजित हुन पुग्यो। नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बाबेले ५ विकेट गुमाएर १९ ओभरमा पूरा गर्दा नेपाल टेष्ट राष्ट्रलाई पराजित गर्नबाट चुक्यो। सिंगापुरसहित रहेको त्रिकोणीय टि ट्वान्टी सिरिजको शुक्रबार पहिलो खेल भएको हो।

खेलमा नेपालले २ र चौथो ओभरमा ३ विकेट लिएपछि जितको आशा पलाएको थियो। तर, जिम्बाबेले ६ औं विकेटका लागि नटआउट ६९ रनको साझेदारी गरेपछि नेपाल पराजित भयो। यो खेलबाट नेपाल दुई जना नयाँ खेलाडी पाएको छ। इशान पाण्डे र कुशल मल्लले राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्।

जिम्बाबे र नेपालबीचको खेलका केही तस्वीरहरुः

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *