सेरा नरसिंहा रेड्डीको दोस्रो ट्रेलर आयो, दोस्रो ट्रेलरमा एक्सनलाई बढी प्राथमिकता
काठमाडौं। तेलुगु सुपरस्टार चिरञ्जिवी स्टारर एक्सनमय पिरियोडिक ड्रामा ‘सेरा नरसिंहा रेड्डी’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । दोश्रो ट्रेलरले सिनेमाको भव्यता र एक्सनलाई प्रधानता दिएको छ। सिनेमा अक्टुवर २ मा रिलिज हुँदैछ। सिनेमामा तेलुगुका अलावा तमिल, हिन्दी, कन्नड र मल्यालम भाषामा पनि रिलिज हुनेछ।
सिनेमाको हिन्दी संस्करणलाई फरहान अख्तर र रितेश सिध्वानीले वितरण गर्दैछन्। करिव २७० करोड भारूको बजेटको तयारमा भएको सिनेमा यस वर्षको प्रतिक्षित सिनेमामध्येको एक हो।
सिनेमाको यस रिलिज मितिमा ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर ‘वार’ पनि रिलिज हुँदैछ। यस्तो वक्सअफिसमा दुबै सिनेमाबिच कडा टक्कर हुने अनुमान गरिएको छ। सिनेमालाई चिरञ्जिबीका छोरा राम चरणले निर्माण गरेका हुन्।
उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित सिनेमामा तेलुगु मेगास्टार चिरन्जीवीका साथमा बलिउड मेगास्टार अमिताभ बच्चनसँगै खिचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment