पुष्पन प्रधानको स्वरमा ‘सरौतो’को गीत

डिसी नेपाल
१२ असोज २०७६ १०:४२

काठमाडौं । चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’बोलको गीत सार्वजनिक गरिएको छ।

पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर रहेको यस गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ।

यो गीत भिजिट नेपाल २०२० लाई लक्षित गरि सात प्रदेशका १४ सुन्दर लोकेसनमा खिचिएको निर्माण टिमले जनाएको छ।

हरि हुँमागाईको डेब्यू निर्देशन रहेको चलचित्र ‘सरौतो’ कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ। एक्सन जनारामा निर्माण भएको चलचित्रले बदलाको कथा भन्छ।

चलचित्रमा विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको लगायतको पनि मुख्य अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *