पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति गगन थापाको आपत्ति

डिसी नेपाल
१२ असोज २०७६ ११:०८

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

थापाले आइतबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पूर्व राष्ट्रपति यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुन विपरित भएको बताएका हुन्।

मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति यादवले भारतको चण्डीगढमा गराएको उपचार खर्च विल अनुसार व्यहोर्ने निर्णय गरेको थियो। सरकारले दिल्लीस्थित नेपाली दूतावासबाट बिल अनुसार भुक्तानी गर्ने निर्णय गरेको थियो।

तर सरकारको उक्त निर्णयलाई थापाले कानुन विपरित भएको बताएका छन्। आइबार विहान फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–हामीले एक वर्ष अगाडि पारित गरेको कानुनले प्रष्ट भन्छन–कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन।’ पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानुन सबैलाई लाग्छ। तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो प्रमज्यू।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *