सिंगापुर त्रिकोणीय टि ट्वान्टी सिरिज : सिंगापुरद्वारा जिम्बाबेलाई १८१ को लक्ष्य (लाईभ भिडियो)

डिसी नेपाल
१२ असोज २०७६ २०:२८

काठमाडौं। नेपालसहित सहभागी सिंगापुर त्रिकोणीय सिरिजको आइतबार तेस्रो खेलमा सिंगापुरले जिम्बाबेलाई १८२ रनको लक्ष्य दिएको छ। सिंगापुरको इण्डियन एसोसिएशनको मैदानमा जारी खेलमाा पहिला ब्याटिंग गरेको घरेलु टिम सिंगापुरले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो। चूनौती पूर्ण लक्ष्य पाएको जिम्बाबेले यति बेला ब्याटिंग गरिरहेको छ।

जारी सिरिजमा जिम्बाबे र नेपालले एक एक खदेल जितेका छन् भने सिंगापुर पहिलो जितको खोजीमा छ। यो समाचार तयार पार्दासम्म सिंगापुरले कसिलो बलिंग गरेको छ। जिम्बाबेले ४ ओभरमा एक विकेट गुमाएर ४० रन बनाइसकेको छ।

शनिबार भएको खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको थियो भने शुक्रबार नेपाल जिम्बाबेसँग पराजित भएको थियो। नेपालले अब जिम्बाबेसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्ने छ। एकअर्का विरुद्ध २–२ खेल खेलेपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ। आजको खेलमा जिम्बाबे विजयी भए नेपालको सम्भावना बढ्ने छ। आजको खेलमा जिम्बाबे पराजित भए। फाइनलको दौडा खुला हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *