गगन थापाले किन भने ‘भोली तपाईँका लागि पनि बोल्ने कोही हुँदैन?’

डिसी नेपाल
१२ असोज २०७६ २१:२९

काठमाडौं। पछिल्ला दिनहरुमा सत्तारुढ दल सम्बद्ध व्यक्तिहरुबाट भएका अवाञ्छित क्रियाकलाप बढ्दै गएपछि सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ। शनिबार अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सांघातिक आक्रमण र आइतबार काँग्रेस नेता मिनेन्द्र रिजालमाथि भएको व्यवहारले सत्तारुढ दल नेकपाको नियतमाथि नै सामाजिक सञ्जालहरुमा प्रश्न उठ्न थालेको छ।

नेपाली काँग्रेसका नेता रिजाल आइतबार तनहुँको एक गाउँपालिकाको एक कार्यक्रममा सहभागी हुन जानै लाग्दा नेकपा कार्यकर्ताहरु घरेलु हतियारसहित उनको बाटो छेक्न पुगे। उनीहरुले नेता रिजाललाई तीन घण्टासम्म बाटोमा रोकेको नेता रिजालले बताएका छन्।

सत्तारुढ दल सम्बद्ध व्यक्तिहरुबाटै यस्तो गतिविधि बढेपछि काँग्रेस नेता गगन थापाले आइतबार साँझ सामाजिक सञ्जालमा यस्ता गतिविधिविरुद्ध सबैले बोल्नुपर्ने बताएका छन्। उनले ट्वटीरमा लेखेका छन्, ‘अस्ति प्रेसमाथि आक्रमण हुँदा पत्रकारको विषय भनेर नबोल्ने,हिजो ज्ञानेन्द्र शाहीमाथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, आज मिनेन्द्र रिजालमाथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला- जर्मन विद्वान् Niemöller ले भनेझैं भोली तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही हुनेछैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *