राजेश र करिष्मा वर्षौपछि एउटै भिडियोमा

डिसी नेपाल
१३ असोज २०७६ ११:४९

काठमाडौँ । महानायक राजेश हमाल र सदावहार अभिनेत्री करिश्मा मानन्धर एउटै भिडियोमा देखिएका छन्।

यी दुईले वर्षौपछि ‘चट्ट बसम देउरालीमा’ बोलको म्युजिक भिडियोमा एकसाथ अभिनय गरेका हुन्। जुन गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ।

कुनै समय चलचित्रको पर्दामा सर्वाधिक रुचाईएको जोडी राजेश र करिष्माले अभिनय गरेको यो भिडियोलाई दर्शकले रुचाएका छन्। छोटो समयमै भिडियोले युट्युबमा ५ लाख बढी भ्युज पाएको छ।

पछिल्लो पुस्ताका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको शब्द सिर्जनामा शर्माकै संगीत रहेको गीतमा लोकप्रिय गायिका मेलिना राई र भीम चापागाईकोस्वर रहेको छ जसको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन्।

देवेन्द्र पाण्डेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन तथा अच्युत बजगाइँले सम्पादन गरेका हुन्।
हेरौं भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *