‘बादशाह जुट’मा पत्रकार बनेका सुशिल
काठमाडौं। नेपाली कथानक चलचित्र ‘बादशाह जुट’मा अभिनेता सुशिल श्रेष्ठले पत्रकारको भूमिका निर्वाह गरेका छन्। सोमबार सार्वजनिक गरिएको ट्रेलरले यो कुरालाई प्रष्टाउँछ।ट्रेलरमा देखाइए अनुसार अर्का अभिनेता आमिर गौतम चलचित्रमा प्रहरी अफिसर्सको भूमिकामा प्रस्तुत छन्।
सार्वजनिक ट्रेलरमा एक्सन, कमेडी र रोमान्स मिसिएको छ। चलचित्र आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण गरिएको छ।
अविशेक शाही कुमारको लेखन रहेको चलचित्रलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन्।
आउँदो कात्तिक १५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रमा सुशिल र आमिरका अलावा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपालको लगायतको अभिनय छ। अभिनेत्री प्रियंका कार्की चलचित्रमा विशेष भूमिकामा प्रस्तुत छिन्।
हर्क बहादुर कुवाँर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) चलचित्रको निर्माताको रुपमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment