१७ वर्षअघि भागेका कैदी गुफामा लुकेर बसेका भेटिए, गुफामै बिताएका थिए १७ वर्ष

डिसी नेपाल
१३ असोज २०७६ १६:१०

एजेन्सी | १७ वर्षअघि चीनको एक जेलबाट भागेका कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ। सङ जियाङ नामका ६३ वर्षे व्यक्ति सन् २००२ मा जेलबाट भागेका थिए। महिला तथा बालबालिका बेचबिखनको अभियोग लागेका उनी हिमाली भेगको एउटा गुफामा लुकेर बसेका थिए।

प्रहरीले ड्रोनको प्रयोगमार्फत उनी बसेको स्थान पत्ता लगाएको हो। उनी मान्छेको चहलपहल नहुने स्थानमा रहेको एक गुफामा लुकेर बस्दै आएका थिए। ‘मान्छे लुकेको हुनसक्ने’ सूचना पाएपछि प्रहरी त्यस स्थानमा पुगेको थियो। युनान प्रान्तमा पर्ने उक्त गुफा पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो।

अन्तत: ड्रोनको प्रयोग गरी गुफा पत्ता लगाइएको हो। ड्रोनमार्फत प्राप्त भिडियोमा गुफाको माथिल्लोपट्टि निलो छाना र नजिकै फोहरको थुप्रो देखिएपछि त्यहाँ मान्छे बस्ने गरेको पक्का भएको थियो। लामो समयदेखि एक्लै बस्ने गरेकाले प्रहरीसँग संवाद गर्न ती मान्छेलाई निकै गाह्रो परेको प्रहरीलाई उधृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। जियाङलेले खोलाबाट पानी ल्याउन प्लाष्टिकका बोत्तल प्रयोग गर्थे भने जंगलबाट दाउरा बटुलेर आगो बाल्ने गर्थे। उनलाई पुन: जेल पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *