किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने मन्त्री खनालको घोषणा

डिसी नेपाल
१३ असोज २०७६ १७:५०

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गरेका छन्।

आफ्ना उत्पादनमा उचित मूल्य पाउन नसकेको गुनासो किसानहरुले गरिरहेका बेला मन्त्री खनालले किसानका लागि उचित मूल्य निर्धारण गर्न कृषि बस्तुको ‘मूल्य निर्धारण आयोग’ गठन गर्ने बताए।

आयोगलाई किसानहरुलाई मर्कामा नपर्ने गरी उनीहरुको उत्पादनको मूल्य निर्धारण गर्ने कार्यादेश दिने उनको योजना छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाललाई मासुमा आत्मनिर्भर बनाउन चालू आर्थिक वर्ष भित्रै ‘कृषिमा युवा कार्यक्रम’ सञ्चालनमा ल्याउने तयारी गरिएको पनि बताए।

मन्त्री खनालले कुखुराको दानामा मूल्य वृद्धि उच्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको दावी पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *