सांसद तथा मन्त्रीहरुसंग जनसम्पर्क समितिको छलफल, काँग्रेसमा सुधारको संकेत

डिसी नेपाल
१४ असोज २०७६ २०:५१

न्यूयोर्क । गत सेप्टेम्बर २९ तारिख नेपाली काग्रेसको भात्री सस्था नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरले बर्तमान संघिय सांसद तथा पुर्व बाणिज्य मन्त्री मिन बिस्वकर्मा, पुर्व आवास तथा भौतिक योजना मन्त्री डा. सुरेश मल्ल र राष्ट्री य सभा सांसद दिगो बिकास तथा सुशासन समिति सभापती तारा देबी भट्ट र रुपन्देही जिल्ला कि कांगेस कार्यबाहक सभापती मनोरमा सेरचन संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन् आएको र न्यूयोर्कमा भएको मौका छोपी एक स्वागत तथा बृहत भेट्घाट र छलफल कार्यक्रम आयोजना गरियो।

सांसद बिस्वकर्मा एक प्रखर बक्ता र बौधिक ब्यक्तित्व हुनुहुन्छ। वहालाइ कांग्रेस बृतमा निकै कांग्रेस सभापती शेर बाहादुर देउबा निकट भनी कांग्रेसि जनहरु भन्ने गर्द्छ्न।

त्यस्तै गरी डा. मल्ल स्वर्गिय गिरिजा प्रसाद कोइरालासंग धेरै समय काम गरेको र धेरै गहिरो कोइराला निकट मानिनु हुन्छ। कांग्रेसमा कोइराला(देउबा मनमुटावले पार्टी फुटेको र पच्छी जुटेकोबाट कांग्रेस भित्रको खिचौलो सबैले धेर थोर बुझेकै छ्न्।

कांगेसमा गुटबन्दि, कांग्रेस आफैले जारी गरेको संबिधान बिपरित हिन्दु धर्मको नाममा केन्दृय सदस्यहरुको बखेडा, संसदमा प्रभावकारी प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको, कांग्रेस नेताहरुलाइ कांग्रेसी जागरण कार्यक्रम गर्न गएको स्थानमा नेकपाको कार्यकर्ताहरुले कार्यक्रमको प्रभावबाट आत्तिएर शारिरिक आक्रमण गरेको, कांग्रेअ निरिह र कमजोर भयो भनी मिडियाहरुमा आईरहेको, बिदेसमा बस्ने नेपालिहरुको लागी काग्रेस अधिबेशनले के ब्यवस्था गरेको छ भनी बुझ्न बारे काग्रेस कार्यकर्ताहरु र जनमानसलाइ बुझ्न खुलतुली भैरहेको बेला यि दुई बिपरित ध्रुवका कांग्रेसी नेताहरुलाइ न्यूयोर्कमा भेट्घाट गरी बिबिध बिषयमा बुझ्ने खुल्दुली सबैमा जागी नै रहेको बेला यो कार्यक्रम गर्नु समसामयिक नै थियो।

कार्यक्रमको सभापतित्व च्यापटरका सभापती रोशन ढुंगानाले गरेका थिए र कार्यक्रम संचाल्न महासचिव महेश मल्लले गरेका थिए। च्यापटरका उपसभापती अ्मर तामाङ् र सचिव अनिल पाँडे पनि कार्यक्रममा उपस्थित थिए। अतिथिहरु सबैलाइ खादा ओढाई स्वागत गरिएको थियो।

कार्यक्रममा जसस केन्दृय सभापती आनन्द बिष्ट, महासचिव मुनेन्द्र नेमवाङ, कांग्रेस महासमिती प्रतिनिधी बेद खरेल, केन्दृय सदस्य सुवास लामा, सचिव भोजराज थोकर, पुर्व जसस अध्यक्ष बिष्णु सुबेदी थिए।

जसस मेरिल्याण्ड च्यापटरका राजेन्द्र सिन्चुरि, दलित संस्था नासोका खेमराज रामदान, सुर्य लम्साल, नवराज खड्का, बिष्णु माया परियार्, गोबिन्द कोइराला, हरिश चन्द्र हमाल, मकेन्द्र सिंह, लगायत थुप्रै सहभागीहरु रहेका र अन्य सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

पत्रकार बिष्णु सिंह, कल्पना घिमिरे र दिवाकर बागचन्द पनि कार्यक्रममा उपस्थित थिए।

उपसभापती तामाङले उपस्थित सबैलाइ स्वागत अभिबादन गर्दै कार्यक्रममा शुरु गरेका थिए। तत्पस्चात दिवंगत आत्माको शान्तिको लागी एकमिनेट मौनधारण गरिएको थियो। अनि महमानव बिपी कोइरालाको तस्बिरमा माल्यर्पण गरेर सबैले अभिवादन चढाएका थिए।

पत्रकार बिष्णु सिंहले नेपालका ओलि सरकार मितब्ययी हुन अनुरोध गरे। अरबौको सरकारी गाडी हुदाहुदै तिनलाइ सदुपयोग गरी काम नचलाइ, नेपाली कामदारहरुले बिदेसमा अनेक दुख गरी पठाएको बिदेशी मुद्रा बिकास–निर्माण काममा नलगाइ गाडी खरिदको फजुल खर्च गर्नाले त्यो उपलब्धिमुलक नहुने भने।

उपल्लो कर्णाली बिदुत आयोजना क्षमता अनुसार निर्माण गरी बिदुत आपुर्तिमा आत्मनिर्भर हुन सकिने बारे प्रतिनिधी सभाबाटै प्रधानमंन्त्रीज्युलाइ आफ्नो तर्फबाट सुझाव सुनाइ दिन सांसदलाई अनुरोध गरे।

अर्का बक्ता बेद खरेलले आफ्नो स्वागत मन्तब्य राख्दै आगनमै आईसकेको दशैको शुभकामना दिए। कांग्रेसी नेताहरुले ब्यक्त गरेको बिचारको आधारमा उनिहरु प्रती अनाहक आक्रमण गर्ने नेकपाको घोर भर्त्सना गरे।

राष्ट्रपति भण्डारिले कांग्रेस सभापतिको खिल्ली उडाएकोमा पनि तानाशाही प्रबृति भन्दै यसबरे गम्भिर हुन जरुरी भएको बताए।

अर्का बक्ता नेमवाङले बिबिध बिचारको स्वतन्त्रताले लोकतन्त्रमा सुन्दर्ता ल्याउने बारे प्रकाश पार्नु भयो । उनले पनि कांग्रेस सभापतिको खिल्ली उडाएकोमा घोर आप्पती जनाए।

राजाबादी ज्ञानेन्द्र शाही हुन वा कांग्रेस नेता रिजाल सबैलाइ बिचारको स्वतन्त्रता भएको उल्लेख गरे। तर नेकपाको दमनकारी नितिको आलोचना गरे। साथै हामी जनसंपर्क समिती भित्र अब कुनै बिबिद छैन छैन छैन भन्दै आगामी निस्पक्ष हुने बताए।

अर्का बक्ता गोबिन्द कोइरालाले बीपीको सम्झनामा गर्दै बडा दशैको सबैमा शुभकामना दिए।

पुर्व अध्यक्ष सुबेदिले २००७ साले देखी नै कम्निष्टलाई साथमा लेएर हिडी कांग्रेसले निकै ठुलो गल्ती गरेको उल्लेख गरे। साथै पार्टिको आन्तरिक खिचलो पार्टी भित्रै सिमित रहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *