तस्वीरमा हेर्नुहोस् दशैंका लागि राजधानी ल्याइएका खसी, बोका र च्याङ्ग्रा

डिसी नेपाल
१५ असोज २०७६ १५:५२
4
Shares

काठमाडौं। नेपालीहरुको महान् चार्ड दशैं सुरु भइसकेको छ। गत आइतबार घटस्थापना अर्थात घरघरमा जमरा राखेर सुरु भएको दशैंको आज चौथो दिन हो। दशैंसँगै अन्य समयमा भन्दा अहिले राजधानीका बजारमा दशैंको लागि किनमेल गर्नेको घुँइचो बढेको छ।

राजधानी छोडेर दशैंमा घर जानेहरुको संख्या पनि दिनदिनै बढ्दो छ। सडकहरुमा सवारीको चाप पनि घट्ने क्रममा रहेको छ। यस्तै खसी तथा च्याङ्ग्रा पाइने स्थानहरुमा पनि मानिसको चहलपहल निकैं देख्न सकिन्छ। दशैंमा प्राय सबैको घरघरमा मासुको परिकार पकाइन्छ।

वर्षभरी छुटिएर बसेका इष्टमित्र तथा आफन्तको स्वागतमा मासुको परिकार नभइनहुने गर्छ। यसपटक दशैंका लागि नेपालकै विभिन्न ठाउँबाट माग धान्ने गरी खसीबोका तथा च्याङ्ग्रा काठमाडौं ल्याइएको छ। राजधानीको कंलकीस्थती खसीबजार, थापाथलीस्थित खाद्य संस्थान र विभिन्न स्थानमा खसी, बोका तथा च्याङ्ग्रा किन्ने मानिसहरुको भीड पनि उल्लेखीय देख्न सकिन्छ।

सरकारले पनि वर्षेनी सुपथ मुल्यमा खसीबोका तथा च्याङ्ग्राको बिक्रीवितरण गर्दै आएको छ। खसी, बोकाको प्रतिकेजी ५५० र च्याङग्राको प्रतिकेजी ७३० रुपैयाँ मूल्य निर्धाण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *