डेढ दशकदेखी दशैंको दिन टीका नलगाएका राजेश हमाल

डिसी नेपाल
१६ असोज २०७६ १६:३३

कामाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालले दशैंको दिन टीका लगाउँदैनन् भन्दा धेरैलाई आश्चर्य लाग्ला। तर, उनले दशैंको दिन टीका लगाउन छाडेको एक–दुई वर्ष होइन् डेढ दशक बितिसकेको छ।

१६ वर्षअघि विजयादशमीको दिन नै आमाको निधन भएकाले त्यसयता राजेशले टीकाको भोलीपल्ट मात्र दशैंको टीका लगाउन शुरु गरेका हुन्। उनले टीकाको दिन आमाको श्राद्ध गर्छन्, अनि भोलिपल्ट मात्र दशैंको टीका लगाउँछन्।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा यसवर्षको दशैं योजनाबारे सञ्चारकर्मीको प्रश्नमा राजेशले यो कुरा बताएका हुन्। ‘दशैंको टीकाको दिन आमाको श्राद्ध पर्छ। त्यसैले विगत १५ वर्षदेखि दशैंको भोलिपल्ट मात्र टीका लगाउँदै आएको छु’– उनले भने।

राजेश यसवर्षको दशैं काठमाडौंमा मनाउने बताउँछन्। दशैंको समयमा काठमाडौं आफूलाई शान्त लाग्ने उनको भनाई थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *