भारत र पाकिस्तानबीच परमाणु युद्ध भए साढे १२ करोड मानिसको ज्यान जान सक्ने

डिसी नेपाल
१७ असोज २०७६ १२:००

बीबीसी। भारत र पाकिस्तानबीच वर्षौदेखि विभिन्न कारणले गर्दा समय समयमा तनावको अवस्था सिर्जना हुँदै आएको छ। सन् १९४७ मा विभाजन भएसँगै भारत र पाकिस्तानबीच धेरै युद्ध समेत भए।

अहिलेपनि यी दुई राष्ट्रबीच सीमा क्षेत्रमा बेलाबेलामा विवाद पर्ने गर्दछ। दुवै राष्ट्र परमाणु हतियारले भरिपूर्ण छन्।  यस्तो अवस्थामा यदि भारत र पाकिस्तानबीच परमाणु युद्ध भए कस्तो असर पर्छ रु भन्ने कुराको सायद अनुमान गर्न सकिन्न।

तर यस विषयमा अमेरिकामा हालै गरिएको एक अध्ययनका अनुसार यदि यी दुई राष्ट्रबीच परमाणु युद्ध भए यसबाट खतरनाक नतिजा आउने जनाइएको छ।
यति मात्रै नभएर यस युद्धबाट जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तीतर्फ विश्वलाई लैजानेछ।

अध्ययनका सह–लेखक रुट्गर्स यूनिभर्सिटीका ऐलन रोबोकका अनुसार दुवै देशमा परमाणु युद्ध भएमा साढे १२ करोड मानिसले ज्यान गुमाउने अनुमान गरिएको छ। उनले भनेका छन्– यस्तो प्रकारको युद्धबाट परमाण बुम खसेको स्थानमा मात्रै नभएर पुरै विश्व प्रभावित हुनेछ।

साइन्स अडवांसेज जर्नलमा प्रकाशित अध्ययनमा यो मानी नोक्सानको अनुमान गरिएको छ की सन् २०२५ मा भारत र पाकिस्तानबीच परमाणु युद्ध हुन सक्ने अनुमान गरिएको कुरा बीबीसीमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *