शाहरुख, आमिरदेखि सनी लियोनीसम्म, सेरोगेसीबाट अभिभावक बनेका ८ सेलिब्रेटी

डिसी नेपाल
१८ असोज २०७६ ९:५३

मुम्बइ। पछिल्ला केही वर्षहरुमा सेरोगेसीबाट अभिभावक बन्ने प्रचलन बढिरहेको छ। यो प्रचलनबाट बलिउड पनि अछुतो छैन। बलिउडमा यो प्रचलन शाहरुख खान र आमिर खानले गरेका थिए। त्यसपछि धेरै सेलिब्रेटी सेरोगेसीबाट अभिभावक बनेका छन्। केही सेलिब्रेटीका त जुम्ल्याहा सन्तान समेत भए। आउनुहोस् ती सेलिब्रेटीबारे जानकारी लिउँ।

१. आमिर खानः बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान र किरण राव २०११ मा सेरोगेसीबाट अभिभावक बनेका थिए। मुम्बइको एक अस्पतानमा उनका छोरा आजादको जन्म भएको थियो।

२. शाहरुख खानः बलिउडका किंग खान पनि सेरोगेसीको सहायताबाट एक छोराका पिता बनेका छन्। उनका छोरा अबरामको जन्म सेरोगेसीबाट भएको थियो। अबराम शाहरुखका तेस्रो सन्तान हुन्। अबरामको जन्म अक्टोबर २०१३ मा भएको थियो।

३. एकता कपूरः डिभी उद्योगकी डेली सोप क्विन एकता कपुर ४३ वर्षको उमेरमा सेरोगेसीबाट आमा बनिन्। एकताले अहिलेसम्म बिहे गरेकी छैनन्। उनी सिंगल प्यारेन्ट बनेर निकै खुसी छिन्। एकताले आफ्ना छोराको नाम रवि कपूर राखेकी छिन्।

४. तुषार कपूरः एकताका भाइ तुषार कपूर पनि २०१६ मा सेरोगेसीको माध्यमबाट सिंगल फादर बनेका थिए। तुषारका छोराको नाम लक्ष्य हो । तुषार आफ्ना छोराको तस्वीर सामाजिक संजालमा शेयर गरिरहन्छन्।

५. श्रेयस तलपडेः अभिनेता श्रेयस तलपडे बिहेको १४ वर्षपछि सेरोगेसीको माध्यमबाट एक छोरीको पिता बने। प्राकृतिक तरिकाले अभिभावक बन्न नसकेपछि श्रेयस र उनकी पत्नी दीप्तिले सेरोगेसीको सहायता लिएका थिए। उनीहरुकी छोरीको जन्म २०१८ मा भएको थियो।

६. कृष्णा अभिषेकः कमेडियन कृष्णा अभिषेक र उनकी पत्नी अभिनेत्री कश्मिरा शाह पनि सेरोगेसीको माध्यमबाट अभिभावक बनेका हुन्। उनीहरु पनि लामो समय प्राकृतिक तरिकाले अभिभावक बन्न नसकेपछि सेरोगेसीको सहायता लिएका थिए। एक अन्तरवार्तामा कश्मिराले बताएअनुसार उनको १४ पटक सम्म गर्भपात भएको थियो।

७. सनी लियोनीः २०१८ मा सनी लियोनी पनि सेरोगेसीको माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनिन्। सनीका छोराहरुको नाम नोआह र अशर हो। यसका अलावा सनीले एक छोरी पनि धर्मपुत्री बनाएकी छिन्। उनकी छोरीको नाम निशा हो।

८. करण जौहर सेरोगेसीको माध्यमबाट २०१७ मा जुम्ल्याहा सन्तानको पिता बनेका थिए। उनका एक छोरा र एक छोरी भएका थिए। करणकी छोरीको नाम रुही र छोराको नाम यश हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *