सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ: मन्त्री अर्याल
फाइल फोटो
वालिङ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएकी छिन् । वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार, सहकारी र निजी क्षेत्र मिलेर देशको विकास गर्ने बताएकी हुन्।
मन्त्री अर्यालले भनिन्, ‘राज्यले निजी क्षेत्रलाई सरकारको एक अभिन्न अङ्गका रुपमा आत्मसात् गरेर सरकार सोही अनुरुप अगाडि बढेकाले विकासको साझेदारका रुपमा रहेको निजी क्षेत्रलाई फस्टाउने वातावरण तयार गर्छ, यसमा सबै व्यापारी एवं उद्योगपति ढुक्क भए हुन्छ ।’ सरकारले ठूलाठूला उद्योगधन्दामार्फत रोजगारी सिर्जना गरेर आत्मनिर्भर बन्ने योजनामा रहेकाले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले बनाउने कानूनमा निजी क्षेत्रलाई ठेस नलागोस् भनेर सचेत रहेको बताइन्।
सरकारको एक मात्रै चाहना समृद्घ नेपाल, सुखी नेपाली’ निर्माण गर्ने भएकाले देशको विकास गर्नेबाहेक अन्य कुरामा ध्यान नभएको मन्त्री अर्यालको भनाइ छ।
शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रदेश सरकार प्रदेशभित्र उद्योग स्थापना गरेर धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment