छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाकाे ज्यान गयाे, १० जना घाइते

डिसी नेपाल
१८ असोज २०७६ २१:१०

काठमाडौं । रौतहट, चन्द्रपुर नगरपालिका-६ गौर चपुरस्थित सडकमा ना.८ ख २२८९ नम्बरको ट्रकले साईकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री चन्द्रपुर नगरपालिका-६ बस्ने ७५ वर्षीय सुकदेव बैठाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित सडकमा बा.१० च ३००२ नम्बरको कारले बा.८० प ६३०० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनाकोठी बस्ने काभ्रे दोलालघाट घर भएका ३३ वर्षीय गोपाल माझीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनकी श्रीमती २३ वर्षीया सुमित्रा माझी र १८ महिनाको छोरा नियोन माझीको पाटन अस्पतालमा उपचार भइरहेको छ। हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ।

झापा, कमल गाउँपालिका-१ स्थित सडकमा बा.२९ प ७२१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार झापा गौरादह नगरपालिका-१ बस्ने ५५ वर्षीय बिष्णु बहादुर कटवालको लाइफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं तार्केश्वर नगरपालिका-६ बस्ने २० वर्षीय बिशाल थापाको सोही अस्पतालमा उपचार भइरहेको छ।

कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरीबजारमा ग.२ च ९९५० नम्बरको जिपले ग.१५ प ४३८० नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा २ जानको मृत्यु भएको छ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा महानगरपालिका-२७ आदर्श चोक बस्ने २५ वर्षीय हिमाल गुरुङ र सोही ठाउँ बस्ने २३ वर्षीय रक्ष गुरुङको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो। जीप र जीप चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुली, सुनकोसी गाउँपालिका-१ देबिस्थानमा काठमाडौंबाट सिराहाको लाहानतर्फ जाँदै गरेको बा.३ ख २३५९ नम्बरको बस शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरुष र १ जना महिला गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ।

सिराहा, धनगढीमाई नगरपालिका-१० आपचौकस्थित सडकमा बा.४ ख ६०४५ नम्बरको हायसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका-१२ बिष्णुपुरकट्टी बस्ने ५५ वर्षीय रामनारायण खत्वैको राउ अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको छ। उक्त हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *