दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनी १४ हजारको मृत्यु

डिसी नेपाल
१९ असोज २०७६ २२:५४

केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन्।

उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा मानिसको ज्यान जाने मुलुक दक्षिण अफ्रिका भएकामा चिन्ता व्यक्त गरे। सडक दुर्घटनाका कारण मानिसको ज्यान जाने मात्र होइन सम्पत्तिको पनि उत्तिकै क्षति हुने गरेको अध्ययनले देखाएको छ।

अफ्रिकाको गाउटेन प्रान्तमा आयोजित सडक सुरक्षासम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति रामाफोसाले हरेक वर्ष करिब ९ अर्ब ८० करोड बराबरको सम्पत्ति नोक्सान हुने गरेको जानकारी दिए।

उनले मानिसको जीवन रक्षाका लागि सरकारी प्रयत्न कमी रहेकामा चिन्ता व्यक्त गर्दै सरकारले सडक सुरक्षाका लागि तत्काल जनचेतनामूलक अभियानका साथै ट्राफिक नियममा कडाई गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए।

उक्त कार्यक्रममा सडक दुर्घटनाका पीडितहरुले आफ्नो जीवनका दुःखद क्षण र भोगाई बारे बताएका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *