आबुधाबिमा साहित्यिक कार्यक्रम हुँदै, दुई श्रष्टालाई सम्मान गरिने

डिसी नेपाल
२४ असोज २०७६ २०:०३

युएई । सगरमाथा साहित्य प्रतिष्ठानले दुई जना साहित्यकर्मिलाई सम्मान गर्ने भएको छ।

यहि अक्टोबर १८ तारिखमा युएईको आबुधाबिमा एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र समरसले जानकारी दिए।

सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एबम् सञ्चारकर्मी मायामितु न्यौपाने छन्। कार्यक्रममा भाग लिन न्यौपाने युएई आएका छन्।

नेपाली भाषा र साहित्यमा उनीहरुले पुर्याएको योगदान स्वरुप यो सम्मान गर्न लागिएको सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बिश्वकर्माले बताए।

युएईको आबुधाबीमा हुन लागेको यस कार्यक्रमको सह–आयोजक सृजना बाचन डबली हो। डबलीले बिगत तीन बर्षदेखि युएईमा साहित्यिक कार्यक्रम गर्दै साहित्यकर्मीलाई एकताबद्ध गर्दै आईरहेको छ।

कार्यक्रममा प्रमुख अतिथि मायामितु न्यौपानेले आफ्ना चर्चित कविता र गजल बाचन गर्नु हुनेछ भने विशेष अतिथिको रुपमा टक गुरुङ्ले गजल बाचन गर्नेछन्। कार्यक्रममा युएईमा रहेका पचास भन्दा बढी श्रष्टाले आफ्ना कविता र गजल बाचन गर्नेछन्।

कार्यक्रम आबुधाबी स्थित भावना रेस्टुरेन्टको सभाहलमा हुनेछ।

रचना बाचन र साहित्यकर्मिलाई सम्मान गर्ने काम आगामी दिनहरुमा पनि निरन्तर रहने र यस्ता गतिबिधिले युएई र समस्त नेपाली साहित्यलाई टेवा पुग्न सक्ने आयोजक सगरमाथा साहित्य प्रतिष्ठानका महासचिब अमन एकलले बताए।

नेपाली साहित्यकर्मिलाई गोलबद्ध गर्दै नेपाली साहित्य र भाषालाई अझ माथी पुराउन योगदान दिने उदेश्यका साथ २०६९ सालमा स्थापित सगरमाथा साहित्य प्रतिष्ठानले स्थापनाकालदेखि नै रचनात्मक साहित्यिक गतिबिधी गर्दै आईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *