मेलम्चीमा तिहार मेला आयोजना हुने

डिसी नेपाल
२५ असोज २०७६ २०:०३

काठमाडौं । असोज २९ देखि कात्तिक ९ गतेसम्म मेलम्चीमा तिहार मेला हुने भएको छ।

‘मेलम्चीको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ नाराका साथ मेलम्ची नगर युवा क्लबले सो मेला आयोजना गर्न लागेको हो।

मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका संयोजक राजनमान श्रेष्ठले जानकारी दिए।

मेलामा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ। मेलामा कृषि प्रदर्शनी, बैंक इन्स्योरेन्स तथा वित्तीय संस्था, अटोमोबाइल, गार्मेन्ट, जुत्ताचप्पल, कस्मेटिक तथा विभिन्न लत्ताकपडा, हस्तकलाका कक्ष राखिएका छन्।

मेलामा स्थानीय उत्पादन र कलालाई विशेष प्राथमिकता दिइनेछ। पर्यटन वर्ष, २०२० लाई सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संयोजक श्रेष्ठले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *