जर्मनी टर्कीलाई हतियार विक्री नगर्ने

डिसी नेपाल
२५ असोज २०७६ २३:५०

बर्लिन (रासस/सिन्ह्वा) । टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत चार दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ।

बर्लिनले भनेको छ, “टर्कीले जर्मनीबाट आपूर्ति भएको हतियार सिरियाली कुर्दिस समुदायमाथि लक्षित गरिएको र यसबाट सर्वसाधारण जनताको मृत्यु भएका खबरहरूपछि जर्मनीले उक्त निर्णय लिन लागेको हो।”

उत्तरपूर्वी सिरियामा टर्कीको सैन्य आक्रमणका कारण विगत चार दिनमा २७ जना सर्वसाधारणको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार आएका थिए।

बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले शनिबार पनि हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको दावी गरेको छ।

बाइल्डको आइतबारका लागि तयार समाचारमा जर्मनीका विदेशमन्त्री हेइको मासलाई उद्धृत गरी भनिएको छ, “सरकारले टर्कीलाई सैन्य हतियार बिक्रीका लागि कुनै नयाँ स्वीकृति दिने छैन।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *