भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त (फोटोफिचर)

डिसी नेपाल
२६ असोज २०७६ ७:५६

बीबीसी। मुलधारे पानी र आँधीका कारण जापानको धेरैजसो भाग अस्तव्यस्त बनेको छ। जापानमा मुसलधारे पानीले लविगत ६० वर्षयताकै ठूलो क्षति पुर्याएको छ।

चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमिमा स्थानीय समय अनुसार साँझ सात बजे आइपुगेको थियो।

यो आँधी २२५ किलोमटिर प्रतिघण्ठाको गतिमा देशको पूर्वी तटतर्फ अगाडि बढिरहेको बीबीसीले जनाएको छ।

आँधीका कारण भौतिक क्षति भएको छ। टोकियोको पूर्वमा अवस्थित चिबामा एक व्यक्तिको कार पल्टिँदा मृत्यु भएको छ। कम्तिमा पनि ६० जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

आँधीका कारण ७० लाख मानिसलाई आफ्नो घर जोडेर सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ। तर अहिलेसम्म ५० हजार मानिसले मात्र आफ्ना घर छोडेर अन्यत्र जान सहमति जनाएका छन्।

जापानको रेल सेवा ठप्प छ भने एक हजार भन्दा धेरै विमान विमानस्थलमा नै रहेका छन्। हजारौं घरमा विजुली नभएका कारण अन्धकार छ।

मौसम विभागका अनुसार राजधानी टोकियोमा शनिबार र आइतबारको बीचमा आधार मिटर सम्म पानी जम्म सक्ने चेतावनी दिएको छ। भीषण वर्षाका कारण भूस्लखन र पाढी आउन सक्ने चेतावनी पनि जारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *