नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य : अध्यक्ष तिमल्सिना

डिसी नेपाल
२६ असोज २०७६ १०:२२

काठमाडाैं। राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताएका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष तिमल्सिनाले नेपाल भ्रमण गरेकाेमा नेपाली जनता खुशी भएको र भ्रमणका लागि आफूले धन्यवाद दिँदै समृद्धिमा सघाउन आग्रह गरेको बताए। अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद्का तर्फबाट राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गरेका थिए।

अध्यक्ष तिमिल्सिनाले नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। “नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौँ”, भेटका क्रममा उनले भने। त्यसैगरी उहाँले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) मा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको र परियोजनाको सफलताको शुभकामना व्यक्त गरे।

राष्ट्रपति सीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताए। “नेपालको संसद्को तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु”, राष्ट्रपति सीले भने।


No ads found for this position

प्रतिक्रिया

One thought on “नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य : अध्यक्ष तिमल्सिना”

  1. नेपालीले गर्दै नगरेर हो। जापानीजले भनेको थियो :- “” नेपाललाई चाहिने चीजहरु मात्रै पनि उत्पादन गर्नी हो भने , धेरै धेरै पैसा , नेपालीहरुसंग हुन्छ , पैसा बाहिर जादैन। नेपालमा , कम्पोस्ट मोल छैना। नेपालीहरुलाई खान पुग्ने माछा छैना। नेपालीहरुलाई खान पुग्ने बंगुर छैना। नेपालीहरुलाई चाहिने बदाम छैना। नेपालीहरु निहुरो भन्ने खान्छन , आज सम्म निहुरोको खेती गर्दैनन। नेपालीहरुले रांगो भैसी खान्छन , त्यही पनि नेपाललाई पुग्ने उत्पादन गर्दैनन। नेपालमा कालो सुँगुरको मासु धेरैले महँगो तिरेर किन्छन बरु चाहिएको जति उत्पादन गर्दैन। ” ” ====== अर्को कुरो पनि भनेको थियो , नेपालीहरु जे चीज पनि एकदम महँगो गर्छन तर बुद्धि छैना उत्पादन बढाएर , ठीक मूल्यमा सामान बेचने “””” भनेको थियो। ( १) अब मेरो बिचार :- म एउटा नेपालको मान्छे हो , मैले USA Canada , Europe , Germany Japan , Australia घुमेको छु , घुमेको हुनाले देखेकै थिए। मलाई पनि के लागयो भने :- जब मान्छे हरुले , उत्पादन धेरै गर्दैन त्यसैले थोरै चीज , महँगो गरियो। (२) जून देश जहा छह , तेहि को मूल्या bhyaalu होना पर्छ। तर नेपालमा कुनै चीज हरु America Europe Australia तुलना माँ बेचने, कुनै त्यों भन्दा पनि महँगो :- यस्तै यस्तै गलत हुदै गएमा , काम काज ब्यापार ब्यबसाय बात , नजानिदो रूप ले बिसर्जन ( नस्ट ) हुने , घाटामा जाने। काम काज ब्यापार त बुम्म बुम्म हुनपर्छ , तर उल्टो (३) धेरै नेपालीहरुले , नेपालमा एक जोर मोजा मै , 50 रूपैया नाफा लिएको देखियो। यस्तो भएपछि , चाइनीज पसेर मोटाउछ की मोटाउदैना ??? इंडियन पसनाले नेवार को ब्यापार जाना जानी खोसियो। किनभने , नेवार ले पनि ब्यापार ओभर गरेको हुनाले , ( कस्ले थाहा पाउछ र जति सक्दो नाफा कमाउने हो , ब्यापारमा सींग हुदैन जुरो हुदैन , कस्लाई के थाह ? ) ” भन्नाले , नेवार हरु अहिले शहर मा गरीबी बढेको ओहो एकदम हालत अर्कै भयो। (4) संपूर्ण नेपालीहरु केहि चीज पनि महँगो नगर्नुस। नजानेको नेपालीहरुलाई सिकाउनुहोस। रिसौलान , आफुले जानेको हुनाले , आफु नरिसाइकन बुजाउनुहोस। नबुजदा , नबुझेर , जे पनि गर्छन। (५) यो मैले नै भोगेको कुरो हो :- ” शुद्ध दूध खाना आफै ले , आफैले गाईभैँसी पाल्न पर्छ ” भने र शुद्ध दूध को पैसा भने लिने। :- त्यसको बाउले पालेको मौरी पालन हो र हामीले येतिको त बेचिएको छह , त्यसको चित नबुझे नाकिनोस ” भने। तपाईं हामी सबै लाइ थाहा छह सबै भन्दा सजिलो पेशा हो मौरो पालन , तर हामी शुद्ध माह बेचन सक्दैनौ . त्यस्तो nepali हरुले काम गर्छन ? बरु उल्टे , ” नकिन्न ” भने। मजाले बेचेर पैसा बटुल्ने की , घाट कुरेर बसेर महंगोमा बेचेर समय बिताउने ???? की नबीचने ? मान्छे चन्द्रमा गएका छन , शुद्ध दूध र मह उत्पादन गर्ने नसक्नि ? त्यसमाथि चौपट महँगो। हो अहिले नेपालमा मह बिक्दैन, हजारौ पटक दूध रोडमा फालेर चित बुजाएका छन ( बिश्व ले सुन्दा अच्चम मान्छ :- शायद अब नेपालीहरुलाई दूध र मह ले पनि पुगिसरि आएछ होला भनेर ) . तर बास्तबिकता अर्कै छ। ज जसलाई नागरिकता बेचेको थियो तिनीहरु मोटाउनि Millionair बनने भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *