धिरेनको हातमा फिल्मको लस्कर, तर लिडमा छैन अफर

डिसी नेपाल
२६ असोज २०७६ १५:१९

काठमाडौं। नेपाली चलचित्र क्षेत्रबाट पुराना धेरै अभिनेताहरु गुमनाम छन्। तर, धिरेन शाक्यको ब्यस्तता आज पनि घटेको छैन्। फरक यत्ति हो, पहिले लिड भूमिकामा देखिने धिरेन आज चरित्र अभिनेताका रुपमा देखिँदै आएका छन्।

अहिले पनि उनि अभिनित चलचित्र प्रदर्शनको पाइपलाइनमा छन्। एक महिना अघि धिरेन अभिनित ‘पासवर्ड’ प्रदर्शनमा आयो। अब ‘लक्ष्मीरानी’, ‘बद्रीबहादुर’, ‘सरौतो’, ‘सम्हालिन्छ कहिले मन’, ‘एकादेशको एउटा कथा’ लगायतका चलचित्र क्रमश प्रदर्शनमा आउनेछन्।

अहिले ‘गाइट’ नामक चलचित्रको छायांकनमा व्यस्त रहेका धिरेन तिहारलगत्तै ‘पूर्व–पश्चिम’नामक चलचित्रको छायांकनमा ब्यस्त हुने बताउँछन्।

कुनै समय नेपाली चलचित्रमा धिरेनको गज्जबको दबदबा थियो। निर्माता/निर्देशकहरु उनलाई लिड भूमिकामा लिन मरिहत्ते नै गर्थे। तर, बढ्दो उमेर र नयाँ अभिनेताहरुको प्रवेशसंग उनी चरित्र अभिनेताका रुपमा काम गर्न बाध्य छन्। उनि अभिनयसंगै सुगठीत शरिरको कारण सधै चर्चामा रहँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *