चीन विभाजन गर्न खोजिए दमन गरिने राष्ट्रपति सीको चेतावनी

डिसी नेपाल
२७ असोज २०७६ ९:१६

बीबीसी। चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्। सी आइतबार नेपालबाट स्वदेश फर्किसकेका छन्।

उनले चीन विभाजन गर्ने खोज्ने प्रयास ूकिचिएका शरीर र भाँचिएका हड्डीहरूू मा टुङ्गिने चेतावनी दिएका हुन्।

आइतवार हङ्‌कङमा शान्तिपूर्ण र्‍यालीहरू निकालिएका भए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपहरू भएका थिए।

चिनियाँ सरकारको पक्षमा भएको भन्ठानिएका सार्वजनिक यातायातका स्टेशन र पसलहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरी क्षति पुर्‍याएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *