स्वस्तिमालाई प्रश्न : तपाईलाई निश्चल कत्तिको ‘घामड’ लाग्छ ?

डिसी नेपाल
२७ असोज २०७६ १६:५४

काठमाडौं। विवाहित जोडी हुन् निश्चल बस्नेत र स्वस्तिमा खड्का। यी दुईले एकसाथ एक चलचित्रमा अभिनय गरेका छन्। चलचित्रको नाम हो, ‘घामड शेरे’ ।

यो चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान–श्रीमती नभई साली–भेनाको भूमिकामा प्रस्तुत छन्। सोमबार राजधानीमा सञ्चारकर्मीका माझ चलचित्रको ट्रेलर सार्वजनिक गरियो। चलचित्रको टाइटल अनुसार स्वस्तिमालाई प्रश्न सोधियो –‘निश्चल तपाईलाई कत्तिको ‘घामड’ लाग्छ ?’

स्वस्तिमाले आफूहरुबिचको केही कुरामा ‘घामड’ लागेपनि बाहिर त्यस्तो नरहेको प्रतिक्रिया दिइन्।

‘‘घामड’ पनि कुन कुरामा भन्ने हुन्छ । फिल्ममा जुन प्रकारको ‘घामड’ हुनुहुन्छ, त्यस्तो त हुनुहुन्न’ स्वस्तिमाले भनिन् –‘उहाँलाई जसले क्लोजली चिन्नुहुन्छ, कम्परमाइज गर्ने उहाँ नै हुनुहुन्छ। हामी दुईबिचको केही कुरामा घामड हुनुहुन्छ होला, अरुसंग चाँही हुुनुहुन्न।’

निश्चलले चलचित्रको नाम ‘घामड शेरे’ पात्रको क्यारेक्टरबाट राखेको नाम भएको बताए। जुन क्यारेक्टरले जसरी प्रतिक्रिया जनाउँदै जान्छ ति कुराहरु ‘घामड’ लाग्ने उनले बताए।  यद्यपी चलचित्रको क्यारेक्टर जस्तो आफू घामड नभएको निश्चलले बताए। उनले आफूलाई ‘घामड’ भन्दा रिस उठने बताए।

‘मलाई कसैले ‘घामड’ भन्छ भने मलाई रिस उठछ। म ‘घामड’ होइन भन्ने नै लाग्छ’ निश्चलले भने, ‘म कस्तो छु अरुले नै भन्ने हो। त्यो तपाईले हेर्ने नजरमा भर पर्छ। रिस उठेको बेलामा ‘घामड’ नै लाग्छ होला, नउठेको बेलामा राम्रो लाग्ला।’

कार्यक्रममा निश्चल र स्वस्तिमाले क्यारेक्टर अनुसार पर्दामा साली–भेनाको भूमिका निर्वाह गर्दाको अनुभव समेत शेयर गरे। निश्चलले भने, –‘सेटमा गएपछि स्वस्तिमालाई साली भन्नुपर्यो, तर मलाई स्वस्तिमा सालीजस्तो लाग्दैलागेन्।’ उनले थपे, –‘चलचित्रमा श्रीमतीको भूमिकामा अरु नै हुनुहुन्छ। केही चिज यताउता हुनेवित्तिकै स्वस्तिमालाई हेर्नुपथ्र्यो।’

यता स्वस्तिमाले छायांकनमा श्रीमानलाई शुरुमा भेनाजु भन्न अप्ठयारो लागेको बताइन्। ‘सेटमा गईसकेपछि जे क्यारेक्टर पाएको भएपनि खेल्नुपर्यो। श्रिमती भएपछि सधै श्रीमती भएर नै खेल्नुपर्छ भन्ने छैन्’ स्वस्तिमाले भनिन् ‘अलिकति फरक अनुभव त भयो नै। एकदुई दिन भिनाजु भिनाजु भन्न अप्ठयारो लागेको थियो। पछि पछि सजिलै भयो।’

हेमराज विसी निर्देशित चलचित्र कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा सिमोस सुनुवार र हेमराजको लगानी छ। चलचित्रमा गौरी मल्ल अतिथि भूमिकामा प्रस्तुत छन्। त्यस्तै सुष्मा निरौला, वादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतले चलचित्रमा अभिनय गरेका छन्। सामाजिक कमेडी कथामा यो चलचित्र निर्माण भएको हो।

चलचित्रको ट्रेलर :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *