विमानस्थलमा तोडफोड गर्ने राजपा सांसद साह पक्राउ

डिसी नेपाल
२८ असोज २०७६ १५:०२

काठमाडौं। जनकपुरमा बुद्ध एयरको टिकट काउण्टर तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ परेका छन्। उनलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।

महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। पक्राउ पूर्जी बनेकाले उनलाई घटना घटेको जिल्लामा पुर्याइने भएको छ।

बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला भएको झोकमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए। साह राजपाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

घटनापछि वायु सेवा संचालक संघहरुले सात दिनभित्र कारबाही नगरे जनकपुर विमानस्थलमा उडान नभर्ने चेतावनी दिएका थिए। उनीहरुले हिजो नै विज्ञप्ति जारी गरी चेतावनी दिएपछि कारबाही अगाडि बढाइएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *