‘वार’ले पछि पार्यो ‘उरीः द सर्जिकल स्ट्राइक’लाई अहिलेसम्म कति कमायो?
एजेन्सी । ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर एक्सन सिनेमा वारले विश्वव्यापीरूपमा ४०० करोड भारू बढीको कमाइ गरेको छ।
सिनेमाले रिलिजको १३ दिनको अवधिमा यो कमाइ गरेको हो। सिनेमाले १३ दिनमा कुल ४०६.५ करोड भारू कमाएको छ जसमध्ये भारतमा उसले ३३२ करोड कमाएको हो ।
यो कमाइसँगै सिनेमाले विक्की कौशलको ‘उरीःद सर्जिकल स्ट्राइक’लाई जितेको छ। वक्सअफिस इण्डियाका अनुसार सोमबारमात्र सिनेमाले १० करोड भारूको कमाइ गरेको छ।
यस हिसाबले सिनेमाको नेट कमाइ २६६.२५ करोड भएको छ। यो कमाइले सिनेमाले सलमान खानको भारतको कमाइको कीर्तिमान तोडेको छ।
वार सिनेमामा ऋतिक र टाइगरका अलावा वाणी कपुर, अनुप्रिया तथा दीपानिता शर्माको मूख्य भूमिका रहेको छ। सिनेमा हिन्दीका अलावा तमिल तथा तेलेगुमा भाषामा पनि रिलिज गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment