एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान शुरु

डिसी नेपाल
२९ असोज २०७६ २०:४७

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। काठमाडौंको होटल ह्यातमा जारी सम्मेलनका क्रममा बुधबार बेलुका साढे ८ बजेपछि मतदान शुरु भएको हो। बुधबार दिउँसो ३ बजे मतदान हुने भनिए पनि विद्युतीय मतदान मेसिनमा आएको खराबीले गर्दा मतदान ढिला शुरु भएको निर्वाचन समितिले जनाएको छ।

विभिन्न ६ वटा बुथमा इल्कोट्रोनिक सिस्ट्म मार्फत मतदान भइरहेको छ। अमेरिका, अफ्रिका, ओसिनिया, एसिया, मध्यपुर्व, र युरोप क्षेत्रका ६ वटा बुथ राखिएको छ।

४२ सदस्यीय कर्य समितिका लागि दुई समूह चुनावी मैदानमा छन्। नेकपा निकट मानिएका कुमार पन्त र काँग्रेस निकट मानिएका कुल आचार्यको समूह चुनावी मैदानमा छ। करिब २५ सय जना मतदाताले मतदान गर्ने जनाइएको छ। ढिला गरी मतदान शुरु भएकाले मतपरिणाम बिहीबारमात्र आउने अवस्था देखिएको छ।

यसअघि मतदान शुरु नभएको भन्दै प्रतिनिधिहरुले तोडफोडसमेत गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। ढिला मतदान शुरु भएको भन्दै प्रतिनिधिहरुले सम्मेलन बहिस्कार गर्नेसम्मको चेतावनी दिएका थिए। मतदान शुरु भएसँगै मतदाताहरु मतदानका लागि लाइनमा लागेका छन्। विश्वका विभिन्न ४९ मुलुकका करिब ३ हजार गैरआवासीय नेपालीहरु काठमाडौंमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *