सवारी दुर्घटनामा २ जनाको मृत्यु

डिसी नेपाल
२९ असोज २०७६ २३:४७

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका ८ तिनकुनेस्थित सडकमा को १ ख १९३० नम्बरको बसले को २१ प २३६१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका १९ बस्ने ६१ वर्षीया कालीमाया राईको घटनास्थलमै मृत्यु भएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोट, विदुर नगरपालिका ४ बट्टार बजारमा बा ४ ख ७५०४ नम्बरको बसले बुधबार बिहान ठक्कर दिँदा नुवाकोट तारकेश्वर गाउँपालिका ५ गोर्स्याङ बस्ने बाबु तामाङको ११ वर्षीय छोरा युनिक तामाङको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *