२४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने सरकारको लक्ष्य

डिसी नेपाल
३० असोज २०७६ १४:२७

काठमाडौं। सरकारले २४ वर्ष भित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्ष भित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन्।

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिवी निवारणका लागि सरकारले सो सम्बन्धि छुट्टै नीति तय गरेको जनाए।

मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ। सचिव गौतमले गरिवीको रेखामुनि रहेका ती जनसंख्यालाई गरिवीबाट मुक्त गराउन सम्बन्धित सबै पक्षको संयुक्त पहलको आवश्यक्तामा जोड दिए।

सचिव गौतमले सरकारले गरिवी निवारणका लागि आयआर्जनका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *