पार्क भिलेज रिसोर्टले गर्यो ‘फोहार व्यवस्थापन प्लान्ट’ निर्माण

डिसी नेपाल
१ कार्तिक २०७६ ०:१२
8
Shares

काठमाडौं । पार्क भिलेज रिसोर्टले गर्यो फोहार व्यवस्थापन प्लान्ट (एसटीपी) निर्माण गरेको छ।

जल तथा बातावरण संरक्षणको महत्वलाई बुझेर पार्क भिलेजले बुढानिलकण्ठमा हरित मरुधान निर्माण गरेको छ। जहाँ जातका बनस्पतिहरु लगाएर चराहरुलाई वासस्थान उपलब्ध गराउने तथा होटलका पाहुनाहरुलाई आनन्दित बनाउने वातावरण सिर्जना गरेको छ।

रिसोर्टलाई पहिलो वातावरण मैत्री रिसोर्ट बनाउने लक्ष्य एसटीपीको माध्यमबाट निरन्तर पुरा भईरहेको सञ्चालकले बताएका छन्।

एसटीपीमा फोहोर पानीबाट दुषित पदार्थ हटाउने प्रक्रियालाई पनि समावेश गरिएको छ। ती दुषित पदार्थहरु हटाउन भौतिक, जैविक तथा जेन्टल रसायनिक प्रक्रियाहरु प्रयोग भएका छन्।

यो प्रक्रियाको परिणामस्वरुप वातावरणमैत्री सुरक्षित ग्रे वाटर र अर्गानिक फोहोर उत्पादन हुन्छ। जुन पुनः वातावरणमै प्रयोग गर्दा उचित हुन्छ। रिसोर्टले उक्त प्लान्ट भारतको एसजे इन्भाइरोमेन्ट सोल्युसनबाट इन्सटल्ड गराएको हो।

पार्क भिलेजले त्यस्ता सुरक्षित पानी तथा अर्गानक फोहोरलाई आफ्नो खुल्ला मैदानलाई हरित, मलिलो र ओसिलो बनाउन प्रयोग गर्दै आईरहेको छ।

साथै आफूहरुले त्यस्तो पानी आफ्नो अर्गानिक भेजिटेबल गार्डेनमा पनि प्रयोग गर्ने गरेको रिसोर्टका अधिकारीले बताए। अब चाढै प्रसोधनपछि आएको सफा पानीलाई लण्ड्रीमा पनि प्रयोग गर्ने रिसोर्टको तयारी छ।

रिसोर्टका अधिकारी भन्छन् ‘यो आकारको होटलले पाहुनाहरुको आवश्यकता पुरा गर्न धेरै पानीको आवश्यकता पर्छ। हामीले रिड्युस, रियुज र रिसाइकलको सिदान्तमा रहेर हाम्रो पर्यावरणमैत्री नीति, योजना र अभ्यासलाई निरन्तरता दिईरहेका छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *