एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

डिसी नेपाल
१ कार्तिक २०७६ १०:४३

काठमाडौँ । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिका आयुक्त शिव रिमालले विजयी उम्मेद्वारहरुको नामावली घोषणा गरेका हुन् ।

जसमा विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाएका थिए ।

एनआरएनएको उपाध्यक्षमा बद्रि केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी विजयी भएका छन भने महिला उपाध्यक्षमा रबिना थापा विजयी भएकी छिन् ।

यस्तै महासचिवमा हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सह-कोषाध्यक्षमा लोक दाहाल तथा महिला संयोजकमा भोमा लिम्बु विजयी भएका छन्

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ३४० मत खसेको थियो ।

यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल तथा भवन भट्टले एक कार्यकाल संघको नेतृत्व गरिसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *