‘वल्र्ड नेपाली म्युजिक अवार्ड’का व्यवस्थापक बुढा निलम्बित
काठमाडौं। आउँदो नोभेम्बर २३ तारिखमा अमेरिकाको न्युयोर्कमा गर्न लागिएको ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’मा कार्यक्रम व्यवस्थापकको रुपमा रहेका सुमन बुढालाई आयोजक संस्था ‘वर्ल्ड कनेक्सन युएसए इंक’ले अवार्ड मूल समितिबाट निलम्बन गरेको छ।
एक विज्ञप्ती जारी गर्दै बुढालाई मूल समितिबाट निलम्बन गरिएको जनाईएको हो।
अवार्डसंग जोडिएर उनीमाथि लागेको गम्भीर आरोपप्रति आयोजकले निरन्तर सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएपछि निर्देश सावित नभएसम्मका लागि अवार्ड मूल समितिबाट निलम्बन गरिएको विज्ञप्तीमा उल्लेख छ।
उनले मोडलमाथि अत्याचार गरेको आरोप लागेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment